२०८३ बैशाख २, बुधबार | Wed, 15, Apr, 2026

बेलौरी नगरपालिकाद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्वलन


  • बेलौरी अनलाईन
  • २०८२ आश्विन ३, शुक्रबार मा प्रकाशित ६ महिना अघि
  • ४६२ पाठक संख्या
  • माधब पौडेल, ०३ असोज। कञ्चनपुरको बेलौरी नगरपालिकाले शुक्रबार संविधान दिवसको अवसरमा नगरपालिका प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।कार्यक्रमको अध्यक्षता नगर प्रमुख पोतिलाल चौधरी, प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवानसिंह बिष्ट, विशिष्ट अतिथिमा नगर उप–प्रमुख जोगराम चौधरी, अतिथिमा नगर प्रवक्ता हर्कबहादुर भूल, विभिन्न वडाका वडाध्यक्ष, पालिकामा कार्यरत कर्मचारी,नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य यज्ञ प्रसाद कँडेल, एमाले जिल्ला सचिव पल्लबराज भट्ट, कांग्रेस क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, माओवादी केन्द्रका जिल्ला सचिव सहवीर सुनार, एमाले नगर अध्यक्ष नमराज शाही, कांग्रेस नगर सभापति पेपुराम चौधरी, माओवादी नगर अध्यक्ष लालबहादुर चौधरी, सुरक्षाकर्मी तथा स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति थियो।

    कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले संविधान दिवसले सबै नेपालीलाई समान अधिकार, न्याय र समावेशी लोकतन्त्रको अनुभूति गराएको बताउँदै संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी सबै तहका जनप्रतिनिधि र नागरिकको हुने भन्दै एकताबद्ध भएर विकास र समृद्धिको यात्रामा अघि बढ्न आग्रह गर्नुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट