किशोर तामाङ,०२ असोज।कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिका २ अरनिको बस्तीका बासिन्दा समाजसेवी तथा व्यवसायी दाउत तामाङले सामाजिक उत्तरदायित्व अन्तर्गत पुनर्वास नगरपालिकालाई सहयोग गरेका छन् ।
पछिल्लो समय नेपाल अधिराज्यभर भदौ २३ र २४ गतेको ‘जेन जी’ आन्दोलनको आँधिबेहरी ले पुनर्वास नगरपालिका पनि अछुतो रहन सकेनन्।जेन जीका युवाहरूको आन्दोलनका क्रममा पुनर्वास नगरपालिकामा आगजनी भई ठूलो क्षति पुगेको थियो । उक्त क्षतिका कारण हाल पुनर्वास नगरपालिकाको दैनिक कामकाज ठप्प बनेको छ।नगरपालिकाको दैनिक कामकाज गर्न समस्या भएपछि कार्यलय सञ्चालनमा सहजता प्रदान गर्न मेरो पुनर्वास म बनाउछु भन्ने मनोभावनाका साथ स्वस्फुर्त ढंगबाट दाउत निर्माण सेवा प्रा.लि.का सञ्चालक दाउत तामाङले नगरपालिकालाई सहयोग गरेका छन्।

ब्यवसायी तामाङले विहिवार नगरपालिकामै पुगेर दुई थान टिन दराज, दुई थान टेबुल, दुई थान प्रिन्टर र चार थान कम्प्युटर नगरप्रमुख तोया प्रसाद शर्मालाई हस्तान्तरण गरेका हुन्।सामग्री बुझ्दै नगरप्रमुख शर्माले दाउत तामाङले देखाएको समाजसेवी भावना प्रशंसनीय रहेको बताउनुभयो। साथै अन्य समाजसेवीलाई पनि यस्तै सहयोगका लागि आह्वान गर्नुभयो। नगरपालिकामा अत्यावश्यक सामग्रीहरु सहयोग गर्न सकिने भएकाले तामाङको योगदानले अन्य समाजसेवीलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे। नगरप्रमुख शर्माले दाउत तामाङ अन्य समाजसेवीहरूको लागि प्रेरणाको पात्र बनेको समेत बताउनुभयो।
सामाग्री हस्तान्तरण पछि दाउत निर्माण सेवा प्रालिका सञ्चालक तामाङले ‘किशोर तमाङ, महेश बिक्रम शाही, यज्ञ खड्का, खगेन्द्र ओझा, रविन्द्र तमाङ र बुवा मनु बमजम तामाङको प्रेरणाले उक्त सामाग्री हस्तान्तरण गर्न आफुलाई थप हौसला मिलेको बताउनुभयो।ब्यवसायी तामाङ समाजसेवी र राजनैतिक व्यक्तित्व पनि हुनुहुन्छ जसले यस अघि पनि विभिन्न सामाजिक तथा जनहितका कार्यमा सक्रिय रहदै आउनुभएको छ। कोरोना कालमा पनि उहाँले पुनर्वास नगरपालिकामा धेरै नै सामाजिक काम गर्नुभएको थियो। सामाजिक उत्तरदायित्वको भावना बोकेको तामाङले यस कदम मार्फत समुदायमा सकारात्मक सन्देश पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस