२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

जेन्जि समूह बेलौरीले ६ बुँदे माग राख्दै बुझाए नगरप्रमुख चौधरीलाई ज्ञापनपत्र


  • २०८२ आश्विन २, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • ६६० पाठक संख्या
  • बेलौरी, ०२ असोज।कञ्चनपुरको बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीलाई जेन्जि समूह बेलौरीले ६ बुँदे माग राख्दै बिहीबार ज्ञापन पत्र बुझाएका छन्।समूहका पदाधिकारीहरूले सोमबार नगरपालिकामा पुगेर ज्ञापनपत्र बुझाउँदै जनप्रतिनिधिहरूले आफू अनुकूलका ठाउँमा मात्र बजेट विनियोजन गर्दै आएको गुनासो गरेका छन्। नगरपालिका सबै नागरिकको हो, त्यसैले सडक निर्माण सबै वडामा समान रूपमा हुनुपर्छ। सबै वडामा समान विकाश निर्माण गर्नुपर्ने बताउँदै केही वडामा मात्र ध्यान दिए सहेर नबस्ने चेतावनी दिएका छन्।जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृतलाई स्थायित्व दिनुपर्ने माग गर्दै योजनामा पारदर्शिता, समानता र सन्तुलित बजेट वितरण गर्न नगरप्रमुखलाई आग्रह गर्दै नगरपालिकामा देखिएका बेथितिहरू सच्याउन नसके पुन : विरोध कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्।Gen-Z बेलौरीले प्रस्तुत गरेका प्रमुख मागहरु यसप्रकार रहेका छन संविधान चोकलाई आधिकारिक रूपमा Gen-Z चोक घोषणा गर्नुपर्ने,राजनीतिक नियुक्तिबाट करारमा रहेका सम्पूर्ण कर्मचारीलाई बर्खास्त गर्नुपर्ने,नगरभित्रका अलपत्र सडकहरुको तत्काल मर्मत–सम्भार गर्नुपर्ने,सरसफाइ तथा ढल निकास व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने,लामो समयदेखि बन्द हाटबजारलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने,निर्माण सम्पन्न तर अलपत्र सार्वजनिक सम्पत्तिलाई संरक्षण गरी सञ्चालनमा ल्याउनुपर्ने सहितको माग राखेका छन्।युवाहरुले चेतावनी दिँदै भनेका छन्, “नगरपालिकाले हाम्रा मागप्रति गम्भीरता नदिए सडक आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ भन्ने माग राखेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट