२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

बेलौरी:कोरोना राहत कोषमा संकलित २५ लाखको आय–व्यय सार्वजनिक


  • २०८२ आश्विन १, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ५४५ पाठक संख्या
  • माधव पौडेल, कञ्चनपुर, ०१ असोज।कोभिड–१९ महामारीको समयमा बेलौरी नगरपालिकामा संकलित राहत कोषको आय–व्यय सार्वजनिक गरिएको छ। लामो समयसम्म विवरण नखुलेपछि उठेको जनगुनासो बीच संयोजक खडक शाहले बुधबार पत्रकार सम्मेलनमार्फत रकमको विवरण सार्वजनिक गर्नुभएको हो।

    शाहका अनुसार सहयोगी दाता ३ सय ५२ जनाबाट कोषमा जम्मा भएको २५ लाख १३ हजार ३५ रुपैयाँ ७० पैसा मध्ये १२ लाख १० हजार ७ सय ७० रुपैयाँ महामारीविरुद्ध स्वास्थ्य सामग्री खरिद र राहत वितरणमा खर्च भएको छ। हालसम्म कोषमा ७ लाख ७० हजार ३ सय ४८ रुपैयाँ नगद बाँकी रहेको छ भने दाताबाट प्रतिबद्धता भएको ३ लाख ५२ हजार ७ सय ८८ रुपैयाँ ७० पैसा अझै उठ्न बाँकी रहेको संयोजक शाहले जानकारी दिनुभयो।लामो समयसम्म विवरण सार्वजनिक हुन ढिलाइबारे पत्रकारको प्रश्नमा शाहले यसलाई समूहको र आफ्नो कमजोरीको रूपमा स्वीकार गर्दै भविष्यमा कुनै पनि आर्थिक जिम्मेवारी नलिने बताउँदै सामाजिक काममा मेरो प्रतिबद्धता कायम रहन्छ, तर आर्थिक पक्षको जिम्मेवारी नलिने बताउनुभयो। कोभिड महामारीको बेला अक्सिजनको कमीका कारण कुनै व्यक्तिको ज्यान नजाओस् भन्ने उद्देश्यले अभियान मार्फत आएको रकमले स्वास्थ्य सामग्री खरिद गर्ने लक्ष्यका साथ कुनै लाभ नलिई काम गरेको समेतबताउनुभयो।बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा वाणिज्य संघका पदाधिकरीहरु,लगायतका व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट