२०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

पुनर्वासमा भारतबाट प्रतिबन्धित ब्रोइलर कुखुरा ओसारपसार गर्ने एक जना मोटरसाईकल सहित सशस्त्र प्रहरीको नियन्त्रणमा 


  • २०८२ भाद्र २०, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • ५०४ पाठक संख्या
  • किशोर तामाङ,पुनर्वास २० भदौ।भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको छ ।सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि कञ्चनपुरको दक्षिणी भेगका बेलौरी ,आई.बी.आर.डी,टाउन बजारमा भने अवैध रूपमा प्रतिबन्धित बोईलर कुखुरा, माछा र सेतो अण्डा भित्रिने काम रोकिएको छैन । कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिका वडा नं. ४ मा रहेको सशस्त्र प्रहरी बल बिओपी आपतालले प्रतिबन्धित अवैध बोईलर कुखुरा र अण्डा बरामद गरी नष्ट गरेको छ । बेलौरी १ फटिया सिमा नाकाबाट स.प्र.बल नेपाल इन्टिलिजेन्स ब्युरो टोलिको सुचनाको आधारमा वि.ओ.पि.आपतालबाट सशस्त्र प्रहरी निरीक्षक टिकाराम रावलको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको ब्रोइलर कुखुरा ,मोटरसाईकल सहित १ जनालाई नियन्त्रणमा लिइएको छ ।

    सशस्त्र प्रहरी बिओपी आपतालका इञ्चार्ज प्रहरी निरीक्षक टिकाराम रावलका अनुसार यु.पी.३१ बी एक्स ७३९८ नम्बरको यमहा कम्पन्नीको एफ जेट मोटर साईकल र यु.पी.३१ भी ०३१५ नम्बरको बजाज डिस्कभर मोटरसाईकलमा नेपाल भित्र्याई रहेको अवस्थामा १३४ के.जि. प्रतिबन्धित बोईलर कुखुरा, ८० के.जि. माछा र ८ क्यारेड सेतो अण्डा सहित एक जनालाई नियन्त्रणमा लिइएको हो ।

    अवैध रूपमा प्रतिबन्धित बोईलर कुखुरा, माछा र सेतो अण्डा ल्याउदै गरेका मोटर साईकल चालक बेलौरी नगरपालिका वडा न. ०९ बस्ने बर्ष २७ को महेन्द्र शाहीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीलाई जिम्मा लगाएको छ भने मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी भन्सारमा चलान गरिने बिओपी आपतालका इञ्चार्ज रावलले जानकारी दिनुभयो ।

    सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम रहेकोले गत साता मात्र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अभियानकै रुपमा वर्डफ्लु नियन्त्रणका लागि खुल्ला सिमानाकामा कडाईका साथ उच्च सुरक्षा शर्तकता अपनाउन निर्देशन दिनुभएको थियो

    उक्त निर्देशन अनुरुप सशस्त्र प्रहरी बल कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्रदेब भट्टले खुल्ला सिमा क्षेत्रबाट एक पिस कुखुरा भित्रिन नदीन आफु मातहतको युनिटलाई निर्देशन दिए लगतै सिमा नाकामा कडाई गरिएको छ।बरामद सामग्रीे ब्रोइलर कुखुरा, माछा र अण्डा जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालय बेलौरीका प्रतिनिधिहरूको रोहबरमा नष्ट गरिएको पशु क्वारेन्टाईन चेक पोष्ट बेलौरीका प्रतिनिधि जनक राज भट्टले जानकारी दिनुभयो ।  भारतमा कुखुरा सस्तो दरमा उपलब्ध हुने भएकाले ब्रोइलर चल्ला र कुखुरा अवैध रुपमा नेपाल भित्रिने गरेको पाईन्छ । भारतीय कुखुरा तस्करी हुँदा आफुहरु मारमा परेको नेपाली कुखुरा ब्यवसायीहरुको गुनासो छ । तर यस किसिमका कारबाहीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार र कारोवार नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट