२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

पुनर्वास १० मा खुकुरी प्रहार काण्डका दोषीलाई प्रहरीले  पक्राउ गर्न ढिलासुस्ती गरेको पिडितको आरोप 


  • २०८२ भाद्र १९, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • २१९ पाठक संख्या
  • धनबहादुर बिक,पुनर्वास भाद्र, कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० विकासबस्तीमा तिजमा नाचगान गरिरहेका स्थानीय माथि सांघातिक हमला गर्ने  दोषी युवाहरूलाई पक्राउ गर्न प्रहरीले ढिलासुस्ती गरेको पिडितहरूले आरोप लगाएका छन ।

    जिल्ला को दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका १० विकासबस्ती स्थित आश्रति टोल पिपल चौतारामा हरितालिका तिज १० गते  राति नाचगान गरिरहेको अवस्थामा साथमा खुकुरी लियर आएका पुनर्वास १० बिष्ट टोलका ६ जना युवाहरूले आश्रति टोलवासी ४ जना युवाहरूलाई सांघातिक हमला गरि फरार भएका थिए भने ६ जना मध्ये १ जनालाई मात्रै नियन्त्रणमा लिई अन्य हमलावर दोषीलाई प्रहरीले पक्राउ गर्न तदारुकता नदेखाएको पिडित हरूले गुनासो गरेका छन।भाद्र १० गते राति आफ्नै घरछेउ टोलमा तिज कार्यक्रम सम्पन्न गरि , साउन्ड सिस्टम थन्को – मनको गर्दै गर्दा ६ जना विभिन्न नाम गरेका दिपक बिष्ट , तेज बिष्ट , सुरज बिष्ट , गगन बिष्ट , भिम थापा र लोक बिष्टल लगायत ६ जना युवाहरूले अचानक अन्धाधुन्ध हमला गरेको पिडित पार्वती बिकले बताउनुभयो।

    हतियारधारी युवाहरूले सांघातिक हमला गर्दैगर्दा स्थानीय युवा रमेश बोहराले दुई थान खुकुरी खोस्न सफल भएका थिए भने १ खुकुरी सहित दोषी युवाहरू भाग्न सफल भएका हुन । उनका अनुसार हतियारधारी युवाहरूबाट बरामद गरिएको दुई थान खुकुरी प्रहरीलाई बुझाईएको छ।बिष्ट युवाहरूको प्रहारबाट पार्वती बिक का २२ बर्षिय छोरा राहुल बिक , सारदा आचार्यका छोरा केशव आचार्य , बाटुदेवि पार्कि का छोरा तिर्थराज पार्कि र ईश्वरी बयाडी का छोरा गणेश बयाडी घाइते भएका छन।घाईते युवाहरूको टाउको , निधार , हात पाखुरा,शरिरका विभिन्न भागमा चोट लागेको छ।बिष्ट युवा समुहको सांघातिक हमला पछि आत्मरक्षाका निमित्त पिडित पक्ष द्वारा गरिएको प्रहारमा एकजना युवाको समेत टाउकोमा चोट लागेको छ ।

    पिडित पक्षले भाद्र ११ गते नै न्यायका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिमा किटानि जाहेरी दर्खास्त दिए पनि प्रहरीले १२ गते मुद्दा दर्ता गरेको छ।लगत्तै भाद्र १२ गते कै दिन पिडक पक्षले पनि पिडतहरूका विपक्षमा ई प्र का त्रिभुवनबस्तिमा उजुरि दिएका छन भने प्रहरीले मुख्य दोषीलाई पक्राउ नगरि पिडित पक्षलाई नै नियन्त्रणमा लिईको छ भने ज्यान मार्ने उधोग सहित खुकुरी प्रहार गर्ने दोषी हरू मध्ये एकजना मात्रै नियन्त्रणमा लिई अन्य पाँच जना दोषीलाई पक्राउ नगरिनु प्रहरी प्रति संकाको बिषय भएको पिडितहरूले गुनासो गरेका छन।प्रहरीले पिडितलाई झन पिडित बनाउने भुमिका गरेको पुनर्वास नगरपालिका वडा नम्बर १० का वडा सदस्य पदम उपाध्याय बताउँछन।वडा अध्यक्ष सुकदेब रानाका अनुसार घटनामा मुख्य दोषी बिष्ट युवाहरूलाई प्रहरीले छिटोभन्दा छिटो पक्राउ गरि कानुनि उपचार तर्फ लाग्नुपर्ने कुरामा जोडदिनुभयो। पिडितले न्यायका लागि प्रहरीलाई तत्काल किटानी जाहेरी दिई सक्दा पनि प्रहरीले दोषी हरूलाई पक्राउ नगरिनु प्रहरी माथि संकाको बिषय भएको देखिन्छ वडा अध्यक्ष रानाले दावि गरे ।

    रातिको १२ बजे कसैको घरआगनमा तिजको रमाइलो गरिरहेका बेला खुकुरी लियर मानवीय क्षति पुर्याउने उदेश्य ले आक्रमण गर्ने दोषी लाई जाहेरी दिएको एकसाता पुग्दा समेत पक्राउ नगरिनु अत्यन्तै निन्दनीय भएको अध्यक्ष राना बताउँछन।आफू कानुनि दायरामा रहि कर्तव्य निर्वाह गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी निरिक्षक महेश बिक्रम शाही  ले बताउनुभयो।एकजनालाई नियन्त्रणमा लिएका छौ फरार रहेका अन्य दोषी हरूको खोजि कार्य जारि छ छिटै पक्राउ गरि कानुनि कार्वाही गरिने प्रहरी निरिक्षक शाही बताउनुभयो।दोषी उपर यथासिघ्र कानुनि कार्वाही भएन भने प्रहरी विरूद्ध कडा आन्दोलन गरिने पिडित पक्षले चेतावनी दिएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट