धनबहादुर बिक,पुनर्वास ७ भाद्र।गत साउन ३० गते दिवंगत हुनुभएका पुनर्वासका पुर्व शिक्षक तथा साहित्य सर्जक महेन्द्रबहादुर बस्नेतलाई आज एक समारोह बिच शोकसभाको आयोजना गरि श्रद्धाञ्जली अर्पण गरिएको छ ।
ज्योति सामुदायिक पुस्तकालयले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो। श्रद्धाञ्जलि सभामा बस्नेत आवद्ध एकदर्जन बढी संघ संस्था,साहित्यिक समिति,साहित्य स्रजक व्यक्तित्वहरू,सुदूरपश्चिम प्रदेश कृषि,भुमि तथा सहकारी मन्त्री बिरबहादुर थापा,पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा , पुनर्वास नगरपालिका वडा नम्बर ६ वडा अध्यक्ष मित्र सिंह लामा लगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय बस्नेतले जिवित अवस्थामा उहाँद्वारा गरिएका योगदान का बिषयमा चर्चा गरिएको थियो ।
साहित्य सर्जक मोतिराम भट्टको १५९ औं जयन्ती एबं स्वर्गीय बस्नेत दिवंगत हुनुभएको नौ औं दिनको अवसर पारेर ज्योति सामुदायिक पुस्तकालयले उक्त श्रद्धाञ्जली सभाको आयोजना गरेको संस्थाका अध्यक्ष रामचन्द्र नेपालले जानकारी दिनुभयो ।स्वर्गीय बस्नेत पुनर्वास जनता माविका अवकाश प्राप्त शिक्षक हुनुहुन्थ्यो भने ज्योति सामुदायिक पुस्तकालयका संस्थापक सदस्य,नेपाल शिक्षक संगठन कञ्चनपुर सल्लाहकार सदस्य , नेपाल गण्डकी सामुदायिक सेवा समाज का सल्लाहकार सदस्य,जेष्ठ नागरिक समाज नेपाल सुदूरपश्चिम प्रदेश समिति ३ बर्ष सचिव तथा पुनर्वास जेष्ठ नागरिक समाज सचिव,नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा संस्थापक सभापति , त्यसतै पुनर्वासमा रहेको किसान जागरण बहुमुखी सहकारी संस्था लि का कार्यवाहक अध्यक्ष,पुनर्वास ६ मा रहेको जगतमाता कालिका मन्दिर व्यवस्थापन समिति सल्लाहकार सदस्य लगायत थुप्रै संघ संस्थामा आबद्ध बस्नेत साहित्यिक क्षेत्रमा समेत अग्रणी भुमिका निभाउदै आउनुभएको थियो ।
स्वर्गीय बस्नेतले थुप्रै धार्मिक महोत्सव,रामलिला महोत्सव लगायतमा महत्त्वपूर्ण जिम्मेवारी समेत निभाउदै आउनुभएको थियो।प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेश समितिमा समेत आबद्ध रहंदै आउनुभएका स्वर्गीय बस्नेतका अधुरा रहेका तत्काल प्रकाशित का लागि ४/५ वटा पाण्डुलिपि कृतिहरू तयारी अवस्थामा रहेको ज्योति सामुदायिक पुस्तकालय का अध्यक्ष रामचन्द्र नेपालले जानकारी दिनुभयो । उक्त पाण्डुलिपि कृति हरू पुस्तकालय ले छिटै नै प्रकाशित गर्न जिम्मेवारी पूरा गर्ने अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

श्रद्धाञ्जली सभामा स्वर्गीय बस्नेतलाई सुदूरपश्चिम प्रदेश भुमि कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापा,पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा एबं एक दर्जन बढि विभिन्न संघ संस्था,साहित्यिक समिति राजनितिकर्मि , जनप्रतिनिधि लगायतले हार्दिक श्रद्धाञ्जली उल्लेख गरिएको फोटो फ्रेम शोकाकुल परिवारजनलाई प्रदान गरेका थिए।शोक सभामा प्रदेश,जिल्ला,नगरपालिका तथा स्थानीय गरि उल्लेख्य सहभागीता रहेको थियो ।
लम्जुङ जिल्ला कुन्छा गाउँ विकास समितिमा माता दिलमाया बस्नेत र बुवा इमान सिंह बस्नेत को माईलो छोराको रूपमा मिति २०१० माघ २० गते जन्मनुभएका स्वर्गीय बस्नेत पुनर्वास मा २०/३६ सालमा आई पुनर्वासलाई नै कर्मथलो बनाउदै आएका थिए बस्नेतका श्रीमती मुना बस्नेत तथा छोराबुहारी उपेन्द्र बस्नेत अन्जु बस्नेत , भुपेन्द्र बस्नेत मञ्जु बस्नेत रहेका छन।श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेश समिति सचिव चन्द्रबहादुर थापाले गरेकागर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस