२०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

बेलौरी:अनुगमनका क्रममा जफत गरिएका अखाद्य वस्तु इलाका प्रहरी कार्यालय परिसरमा नष्ट


  • २०८२ श्रावण ३०, शुक्रबार मा प्रकाशित ८ महिना अघि
  • ३७२ पाठक संख्या
  • माधब पौडेल,३० श्रावण। कञ्चनपुरको बेलौरी बजारमा बुधबार अनुगमनका क्रममा जफत गरिएका अखाद्य वस्तु इलाका प्रहरी कार्यालयको लगी नष्ट गरिएको छ।अनुगमन टोलीले बेलौरी बजारका किराना,पसल होटल, रेस्टुरेन्ट,कपडा पसल,मासु पसलहरू गरी ३४ वटा पसलमा अनुगमन गर्दा म्याद सकिएका सामग्रीहरू,भारतबाट आयात भएको प्रतिबन्धित पेय पदार्थ,जंक फुड,कालो प्लास्टिक लगायतका सामग्रीहरू जफत गरेको थियो।शुक्रबार ईलाका प्रहरी कार्यालयको परिसरमा बेलौरी नगरपालिकाका नगर एवं अनुगमन संयोजक जोगराम चौधरी, बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह विष्ट, इलाका प्रहरी कार्यालय बेलौरी निमित्त प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक वीर सिंह धामी र स्थानिय सञ्चारकर्मीहरुको सहभागितामा नष्ट गरिएको छ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट