कञ्चनपुर, ३२ असार।कञ्चनपुर जिल्ला अदालतले पछिल्ला बर्षहरुमा मुद्दा फर्छ्यौटमा बृद्धि गरेको छ।गत विगतका बर्षहरुकोे तुलनामा अदालतले कामकाज तिव्रता ल्याउँदै मुद्दा। फर्छ्यौटमा बृद्धि गरेको होे।अदालतको चार बर्षको तथ्याङ्क अनुसार बर्षनी मुद्दा फर्छ्यौट दर बढाएको छ ।
आर्थिक बर्ष २०७८/०७९ मा १ हजार ८मुद्दा मध्ये आधा भन्दा कम ७ सय १० मात्रै फट्यौट भएका थिए । ८ सय ९८ मुद्दा बाँकी रहेका थिए । ४४.१५ प्रतिशत मात्रै मुद्दा फर्छ्यौट भएका थिए । आर्थिक बर्ष ०७९÷०८० मा २ हजार १५ मुद्दा मध्ये आधा मात्रै १ हजार ५० फर्छ्यौट ९ सय ६५ बाँकी, सो बर्ष ५२.१० प्रतिशत मुद्दा फछ्र्यौट गरिएका थिए ।

आर्थिक बर्ष २०८०/०८१ मा २ हजार २ सय २९ मध्ये १ हजार २ सय मात्रै फर्छ्यौट भएका छन । १ हजार २९ बाँकी रहे । उक्त बर्ष ५३.८३ प्रतिशत मुद्दा फछ्यौट गरेका थिए । चालु आर्थिक बर्ष २०८१/०८२ मा २ हजार ३ सय ५० मुद्दा मध्ये १ हजार ६ सय ४५ मुद्दा फछ्यौट र ७सय ५ मात्रै बाँकी चालु आर्थिक बर्ष ७० प्रतिशत मुद्दा फछ्यौट भएका छन । चालु बर्षमा १ हजार २९ जिम्मेबारी सरी आएका १ हजार ३ सय २१ नयाँ दर्ता भएका थिए । क्रमिक चार बर्षदेखि २ बर्ष नाघेका बाँकी मुद्दा ३२, २६, २९ र चालुमा ० मुद्दा रहेका छन ।कञ्चनपुर जिल्ला अदालतले फैसला कार्यान्वयन तर्फ कैद, जरिवाना र निवेदन तर्फ क्रमस ४०, २० र ७३ प्रतिशत फर्छ्यौट कार्य विभाजन गरेर मुद्दा फर्छ्यौट फाष्टट्याकबाट फैसला गर्दा चालु बर्षमा मुद्दा फर्छ्यौट गरेको बताउनुभयो।अर्का न्यायाधिश राजेन्द्र सिह भण्डारीले कुल मुद्दा मध्ये ३५ प्रतिशत लागु औषधका मुद्दा आउने भएकाले त्यस तर्फ समाजिक सचेतनाका लागि संचारकर्मीले भूमिका निर्वाहमा जोडदिदै अदालतका निरुपण हुने मुद्दाका विषय प्रभाव नपार्ने तरिकाले समाचार सम्प्रेषणमा बताउनुभयो। नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले अदालतमा पत्रकारलाई सहज सुचनाको प्रवाहमा जोडदिएका छन । कार्यक्रममा न्यायाधिशद्वय भण्डारी, जोशी सहित अदालतका कर्मचारी, संचारकर्मीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस