२०८३ बैशाख २, बुधबार | Wed, 15, Apr, 2026

कृष्णपुर:नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै घरआँगनमै ३२ हजार बढी नागरिकले पाए स्वास्थ्य सेवा


  • २०८२ अषाढ ३०, सोमबार मा प्रकाशित ९ महिना अघि
  • ६८० पाठक संख्या
  • कञ्चनपुर, ३०असार।कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।कृष्णपुर नगरपालिकाले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी भईरहेको होे।तीन बर्ष अघि कृष्णपुर नगरको जिम्मेबारीमा आएपछि मेयर हेमराज ओझा नेतृत्वमा संचालन हुँदै आएको छ।नागरिकले घरआगँनमै स्वास्थ्य स्वास्थ्य पाउन थालेपछि जनतालाई सुविधा मात्रै होई उनीहरु हर्षित भएका छन।कृष्णपुर नगरपालिका ४ पवित्राका बस्तीकी करर्नी चौधरीले स्थानीय सरकारका स्वास्थ्यकर्मी घरमै पुगेर स्वास्थ्य चेकजाँच गराएको बताउनुभयो।घरमै स्वास्थ्यकर्मी पुगेर चेकजाँच गरेको बताउँदै यसरी नै जनताका लागि पालिका सरकार जस्तै अन्यसरकारले सेवा सुविधा ल्याईदिए हुन्थ्यो ।कृष्णपुर नगरपालिका ५ गुलरियाका स्थानीय नन्दराज भट्टले पालिकाबाट स्वास्थ्यकर्मी आएर चेकजाँच एव परामर्स दिएपछि आफु हर्षित भएको बताउनुभयो।‘हामी बिरामी भएपछि अस्पताल जाँदा सकसका विच उपचार गर्नुपर्ने बाध्यता आउँछ, स्वास्थ्यकर्मी घरमै आएर उपचार गरिरहेका छन, यो राम्रो पक्ष हो, यसरी नै नागरिकले उपचार पाए हामीलाई फाईदा हुन्थ्यो।कृष्णपुर १ दोमल्लाका स्थानीय रतन विकले स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर घरमै स्वास्थ्यकर्मी पठाएर उपचार गरिरहेको बताउनुभयो।हाम्रो गाँउघरतिर अधिकांश सुगर, प्रेसरका बिरामी छन, उनीहरुले नियमित चेकजाँच नगरेर ज्यान नै धरापमा पर्छ, स्थानीय सरकारको स्वास्थ्यकर्मी टोलीले समयमै घरमै पुगेर उनीहरुको स्वास्थ्य चेकजाँचले थप सुविधा पुगेको छ ।कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्टले विगतका बर्षहरु जस्तै यस बर्षपनि स्वास्थ्यकर्मीका टोली बनाएर घरघरमा उपचारमा खटिएको बताउनुभयो। स्वास्थ्य शाखा प्रमुख विष्टका अनुसार १२ स्वास्थ्यकर्मीको टोलीले १देखि ९ वटै वडाहरुका जनताकोे घरघरमा पुगेर चेकजाँच परामर्श लिँदै सुगर, ब्लडप्रेशर, पिसाब चेकजाँच गरेर रोग पत्ता लगाएको बताउनुभयो।घरमै पुग्दा नागरिकको स्वास्थ्य चेकजाँच गरेर कुनै रोग देखिए त्यही निदान गर्ने निःशुल्क औषधी वितरण गर्ने परामर्स दिने जटिल देखिए कृष्णपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिरहेको बताउनुभयो।

    नागरिकसंग मेयर कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्ष २०८१/०८२ मा१९ हजार ६ सय ९९ महिला र १२हजार ९ सय ६ पुरुष गरी जम्मा ३२ हजार ६ सय ५ नागरिकले सेवा पाएका हुन।नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्क अनुुसार पहिलो आर्थिक बर्ष २०७९/०८० मा १३ हजार र दोस्रो आर्थिक बर्ष २०८०/०८१ मा १५ हजार नागरिकलाई स्वास्थ्य सेवा दिएको थियो । चालुमा आर्थिक वर्षमा गत बर्ष भन्दा दोब्बर साढे ३२ हजार बढी नागरिकलाई घरमै गएर सेवा प्रदान गरिएको छ ।

    कृष्णपुर नगरका मेयर हेमराज ओझाले संविधान अनुरुप नागरिककोे स्वास्थ्य अधिकार मौलिक र निःशुल्क अनुरुप नगरका ९वटै वडाहरुमा स्वास्थ्यकर्मी घर घरमा खटिएर उपचार गरेको बताउनुभयो। ‘मेरो यो राजनीतिक चुनावी एजेण्डा पनि थियो।हाम्रो नगरका लाख भन्दा बढी जनसंख्या मध्ये अधिकाँस अझैपनि स्वास्थ्य सेवाको पहुँचमा छैनन,उनीहरुको स्वास्थ्यमा पहुँच पुर्‍याई घरमै आधारभूत नसर्ने रोगहरुको पहिचानका लागि समेत अभियान संचालन गरेका हौ।’ नागरिकलाई नगरमै २४ सै घण्टा आधारभूत स्वास्थ्य सेवा प्रदानका गरिरहेको बताउँदै मेयर ओझाले त्यही अनुरुप छुट्टै स्वास्थ्यकर्मीको टोली बनाएर घरघरमै पुगेर उपचार गरिरहेको बताउँदै औषधी सेवन गरिरहेका बिरामी, टुहरा, बेसाहरा एव अशक्तहरुलाई समेत आवश्यक थप सेवा सुविधा दिएरै भएपनि स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो ‘यो कार्यक्रमबाट गाँउघरका नागरिकको औषधीमा हुने ठुलो धनराशी खर्च पनि बचेको छ, ‘मेयर ओझाले भने, ‘घरमै उपचार पाएपछि बाह्यी अस्पताल गएर ठुलो धनराशी खर्च गर्नु परेन, त्यो रकम अन्य कामकाजका लागि खर्च गर्न सहज भएको छ ।’ मेयर ओझाले कृष्णपुर स्वास्थ्यचौकीमा २४सै घण्टा निःशुल्क स्वास्थ सेवादेखिका कार्यक्रमले थप कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो। मेयर ओझाले आगामी दिनमा घरदैलो स्वास्थ्य अभियान थप प्रभावकारी बनाउँदै नगरका जनता स्वस्थ बनाउने लक्ष्य रहेको बताउनुभयो। सोमबार एक कार्यक्रमका विच चालु आर्थिक बर्षको स्वास्थ्य कार्यक्रम समापन गरिएको छ । समापन कार्यक्रममा कृष्णपुर नगर उपप्रमुख द्रोपती रानाले अभियानले नागरिकको स्वास्थ्य सुविधामा कापि सुधार भएको बताउनुभयो। समापन कार्यक्रमको अध्यक्षता ग्रहण गरेका कृष्णपुर नगरपालिका ५ का वडाध्यक्ष टेक बहादुर पाण्डेले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट