कञ्चनपुर, ३०असार।महिलाहरुमा नियमित हुने महिनावारी मिन्स भएपछि छाउगोठमा सुतेकी कञ्चनपुरकी एक महिलाले अकालमै ज्यान गुमाएकी छिन । छाउगोठमा सुतेकी कृष्णपुर नगरपालिका १ निगालीकी २८ बर्षिया कमला दमाईले ज्यान गुमाएकी हुन।शुक्रबार मिन्स भएपछि कमला खाना खाएर छाउगोठमा सुतेकी थिईन।छाउगोठमा सुतेकी कमलाको करेत सर्पले गर्धनमै डस्दा उपचारका क्रममा कमलाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छिमेकी गाँउले जनाएका छन ।
मृतक दमाईका छिमेकी कृष्णपुरका युवा नेता समेत रहेका सुुचित्र शाहले छाउ भएपछि कच्ची छाउगोठमा सुतेकी कमलालाई सर्पले डसेको बताउनुभयो।कमलालाई सर्पले टोकेपछि हामीले अटो खोजेर उपचारका लागि अस्पताल पठायौँ। उपचारका क्रममा गयराती निधन भयो।सर्पले टोकेपछि चिच्याएर बाहिर आएकी कमलाको छिमेकीले उद्दार गरेर अस्पताल पठाएका थिए । तर, उनी अस्पताल गएर कहिल्यै घर फकिने छैनन।कलिला तीन सन्तान १५ बर्षिया आशुस दमाई, १२ बर्षिया आशिष र ५ बर्षका आदित्यकी आमा कमलाको निधनसंगै बालबालिका टुहुरा भएका छन।कमलाको पक्की छ, तर, मिन्स भएपछि उनी कच्ची छाउगोठमा बस्दै आएकी रहेछिन कच्ची गोठमा सहजै सर्प पसेपछि डस्यो।कमलाको शव अहिले सेती प्रादेशिक अस्पतालमै राखिएको छ।रोजगारीका लागि भारतमा रहेका श्रीमान पुरन दमाई फर्किएपछि मात्रै अन्त्येष्टी गरिने जनाईएको छ।कमलाका श्रीमान पुरनले भारतमै रोजगारी गरेर बनाएकोे पक्की घरमा रित्तै छाडेर कमला मिन्स भएपछि छाउगोठमा बस्दै आएकी थिईन ।

छाउगोठमा सुतेकी कमलाको ज्यान गएपछि सुदूरपश्चिममा रहेकोे छाउपडी प्रथा अझै उन्मुलन नभएको सरोकारवाला बताउँछन ।कृष्णपुर नगरपालिका १का वडाध्यक्ष मोहन बस्नेतले गाँउमा रहेका छाउगोठ भत्काउनेदेखि समाजिक सचेतनाका कार्यक्रम संचालन गर्दा गर्दै छाउगोठमै रहेकी कमलको ज्यान गएको घटनाले थप चिन्तित बनाएको बताउनुभयो।हामीले निरन्तर गाँउमा छाउगोठ भत्काउने, महिला, धामीझाँग्रीसंग पनि निरन्तर छलफल सचेतना कार्यक्रम संचालन गर्यौ।अहिले यो दुखत घटना घट्यो, स्थानीयले सरकार अब थप प्रभावकारी कार्यक्रम संचालन गर्छ ।’ कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगीले छाउगोठमा सुतेकी कमलाको सर्पले डसेर मृत्युकोे घटनाले अझैपनि समाज अघि बढ्नुको साटो पछाडी परिरहेको बताउनुभयो।छाउगोठ भत्काएर मात्रै नहुने हरेक मानिसको मानसिकता सकारात्मक सोच विचार भावनाको विकास गराउनुपर्ने सुझाव दिए।कञ्चनपुरका नागरिक अगुवा प्रभुनिधी पन्तले २१औँ शताब्धीको अन्तिम उत्तरार्धमा आईपुग्दा सुदूरपश्चिममा हुने यस्ता घटना अत्यन्तै दुखत हुने बताउनुभयो। स्थानीय सरकारले वास्तविक नागरिकको समाजिक सुरक्षाका लागि यसतर्फ योजना ल्याएर प्रभावकारी कार्यान्वयनमा सुझाव दिए।देश संघीयतामा गईसक्यो, गाँउठाँउका समस्या स्थानीय, प्रदेश सरकारलाई थाहै छ, जहाँ लगानी लगाउनुपर्ने हो, त्यहाँ केही छैन यस्तो मानविय सुुरक्षामा लगाउनुपर्ने लगानी अन्यन्तै हुँदा समाजिक घटना घटनुको साटो बढिरहेका छन।केही बर्ष अघि कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न छाउगोठ भत्काएको थियो । प्रहरी प्रवक्ता सागर बोहराले घटनालाई जिप्रका कञ्चनपुरले गम्भिर रुपमा लिएको भन्दै अब उपरान्त यस्ता घटना दोहोरिन नदिन सरोकारवालासंग समन्वय गरेर अघि बढ्ने बताउनुभयो। यसैविच घटना घटेपछि कृष्णपुर स्थानीय सरकाररले नगरभरीका छाउगोठ भत्काउन १५ दिने सुचना जारी गरेको छ ।
कृष्णपुर नगरपालिकाले नगरका ९वटै वडाहरुलाई पत्र काट्दै छाउगोठ भत्काउन निर्देशन दिएको हो । कृष्णपुर नगरका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रशाद भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा १५दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिएको जनाएको छ । कृष्णपुर नगरका मेयर हेमराज ओझाले आइतबार कमला दमाई बसेको छाउगोठ सहितका दुई गोठ भत्काएको बताए । मेयर ओझाले डे वानदेखि नै छाउगोठ भत्काउन शुरु गरेको बताउनुभयो।हामीले सबै वडाहरुलाई १५ दिने सुचना जारी गरेर आ–आफ्नो वडामा भएका छाउगोठ भत्काउन निर्देशन दिएका छौँ, ‘मेयर ओझाले ‘यो विचमा नभत्काउने नागरिकको पालिकाबाट दिने सुविधा रोक्ने, जरिवाना गछौँ ।’ १ साउनदेखि नगरपालिकाले प्रहरी सहितको अभियान टोली बनाएर नै थप छाउगोठ भत्काउनेदेखि सचेतनामुलक कार्यक्रम संचालन गर्ने बताउनुभयो।
प्रतिक्रिया दिनुहोस