२०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025

बेलौरी नगरपालिकाले वितरण गर्यो छात्रवृत्ति


  • २०८२ अषाढ २२, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • २५१ पाठक संख्या
  • माधब पौडेल,२२ असार। कञ्चनपुरको बेलौरी नगरपालिकाले महाकाली बहुमुखी क्याम्पस बेलौरी,रामपुर बहुमुखि क्याम्पस कलकत्ता र शान्ति माध्यामिक विद्यालय शान्तिपुरलाई नगरस्तरीय छात्रवृत्ति वितरण चेक हस्तान्तरण गरिएको थियो।आईतबार नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख पोतिलाल चौधरी, नगर उप प्रमुख जोगराम चौधरी र नगर प्रवक्ता हर्क बहादुर भुलले संयुक्त रूपमा महाकाली बहुमुखी क्याम्पसमा अध्ययनरत ६६ जना छात्रछात्राका लागि रु ४ लाख ९५ हजार ,रामपुर बहुमुखी क्याम्पसमा अध्ययरत ७ जनालाई छात्रछात्राका लागि ५२ हजार‌ रुपैयाँ र शान्ति माध्यामिक विद्यालय शान्तिपुरका ६ जनालाई छात्रछात्रालाई ४५ हजार बराबरको चेक हस्तान्तरण गरिएको थियो। प्रति विद्यार्थी जनही ७ हजार ५ सयका दरले नगरस्तरीय छात्रवृत्ति वितरण गरिएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो। छात्रवृत्ति जेहेन्दार, विपन्न आदिवासी जनजाति, पिछडावर्ग ,सहिद तथा वेपत्ता परिवारबाट अध्ययन गरिरहेको छात्र छात्रालाई वितरण गरिएको नगर प्रवक्ता हर्क बहादुर भुलले जानकारी दिनुभयो।पालिकाले प्रत्येक वर्ष छात्रवृत्ति कार्यक्रम गर्दै आइरहेको समेत प्रवक्ता भूलले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट