२०८२ अषाढ ३०, सोमबार | Mon, 14, Jul, 2025

बेलौरी नगरपालिका वडा नम्बर ७ मा वृक्षारोपण अभियान सुरु


  • २०८२ अषाढ २०, शुक्रबार मा प्रकाशित १ हफ्ता अघि
  • १९६ पाठक संख्या
  • बेलौरी,२०असार। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ७ ले”भावी सन्तती र समृद्धिका लागि वृक्षारोपण” गरौ भन्ने मुल नाराका साथ वडा कार्यालयको आयोजना र नगर युवा सञ्जाल वडा नं ७ को वृक्षारोपण अभियान शुक्रवार सुरु गरिएको छ।वृक्षारोपण अभियान कार्यक्रममा नगर उप–प्रमुख जोगराम चौधरी, बेलौरी नगरपालिका वडाध्यक्ष लाल बहादुर चौधरी, भोजराज चौधरी, नगर कार्यपालिका सदस्य कृष्णभान चौरसिया, नेकपा एमाले केन्द्रीय सदस्य कमला बोहरा, नेकपा एमाले जिल्ला कमिटी सचिव पल्लबराज भट्ट,नेपाली कांग्रेसका किसान नेता हरेन्द्र सिंह विष्ट, नेपाली कांग्रेस क्षेत्रीय सचिव दिनेश कुँवर,नेपाली कांग्रेस बेलौरी नगर कार्य सभापति पेपुराम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी प्रतिनिधि,भलमन्सा अगुवाहरु लगायत स्थानीय सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।नगर उप–प्रमुख चौधरीले पालिका भरी हराभरा बनाउन नर्सरी बनाई वृक्षारोपण अभियानलाई छिट्टै बेलौरी नगरपालिका भर फैलाउने योजना रहेको बताउनुभयो।वडाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार वडा क्षेत्रभर हरियाली र सुन्दरता कायम राख्न दुई हजारभन्दा बढी बोट बिरुवा लगाइने समेत बताउनुभयो।

    हरियाली वातावरण र स्वच्छ नगरका लागि सबैलाई सहभागी भएर आ-आफ्नो टोलटोलमा बिरुवाको संरक्षण गर्न अनुरोध गरेका हुन ।आज ठूलो सिंहपुर र टेडीयामा वृक्षारोपण गरेका छौ । असार २१ र २२ गते वडा क्षेत्रभरी नै वृक्षारोपण गरिने जानकारी दिनुभयो।वृक्षारोपण अभियानप्रति स्थानीयवासीहरू खुसी र उत्साहित देखिएका छन्। अभियानले नगरलाई वातावरणीय दृष्टिले थप सुन्दर र स्वच्छ बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट