बेलौरी,२० असार।कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेका ब्राइट स्टार बोर्डिङ स्कुल शान्तिपुर, जीवनदेखा विद्यामन्दिर रतनपुर, र सनराइज बोर्डिङ स्कुल गोकलपुरले एसइई परीक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ।ब्राइट स्टार बोर्डिङ स्कुल शान्तिपुरबाट एसइई परीक्षामा २२ जना विद्यार्थीहरू सहभागी मध्ये २२ जना उत्तीर्ण,जीवनदेखा विद्यामन्दिर रतनपुरबाट २४ जना मध्ये २४ जना उत्तीर्ण,र सनराइज बोर्डिङ स्कुल गोकलपुरबाट सहभागी ११जना सहभागि विद्यार्थीमा सबै उत्तीर्ण भएका छन्।प्रकाशित भएको एसइईको नतिजा अनुसार बेलौरी नगरपालिका वडा नम्बर ७ मा रहेको गणेश माध्यामिक विद्यालय बरैया निल भएको छ।गणेश माध्यमिक विद्यालय बरैयाबाट २० जना विद्यार्थीले एसइईको परीक्षा दिएका थिए। नगरपालिकाबाट प्रकाशित विवरण अनुसार संस्थागत विद्यालयतर्फ वात्सल्य विद्या निकेतन बेलौरी-४ बाट ४५जना विद्यार्थी मध्ये ४४ जना उत्तीर्ण १ जना अनुतीर्ण, एभरेस्ट बोर्डिङ स्कुल बेलौरी ३० विद्यार्थी मध्ये २९ जना उत्तीर्ण १ जना अनुतीर्ण,उग्रतारा बाल विद्यालय शान्तिपुरबाट २६ जना विद्यार्थी मध्ये २५ जना उत्तीर्ण १ जना अनुतीर्ण,लिटिल गार्डेन बोर्डिङ स्कुल गोकलपुरबाट २६ विद्यार्थी मध्ये २५ जना उत्तीर्ण १ जना अनुतीर्ण, विज्डम एकेडेमी बेलौरी बाट ४५ जना विद्यार्थी मध्ये ४३ उत्तीर्ण २ जना अनुतीर्ण भएका छन् भने सामुदायिक विद्यालयतर्फ जनजागृति पुष्पलाल माध्यामिक विद्यालय खिरीयाबाट सहभागी ३१ जना मध्ये २३ जना उत्तीर्ण ८ जना अनुतीर्ण,सरस्वती माध्यमिक विद्यालय बुटावारीबाट २२जना विद्यार्थी मध्ये १५ जना उत्तीर्ण ७ जना अनुतीर्ण, शान्ति माध्यमिक विद्यालय शान्तिपुरबाट ५९ विद्यार्थी मध्ये ३७ जना उत्तीर्ण २२ जना अनुतीर्ण, महाकाली माध्यामिक विद्यालय विद्यानगरबाट ५३ जना विद्यार्थीहरु मध्ये २७ जना उत्तीर्ण २६ जना अनुतीर्ण भएका छन्।
बेलौरी नगरपालिका भित्रका २६ वटा सामुदायिक र संस्थागत विद्यालयबाट गरी ८ सय ३९ जना विद्यार्थी सहभागी थिए। जसमध्ये उतिर्ण ४ सय ४४ जना, ३ सय ९५ जना अनुतीर्ण प्रतिशतको हिसाब उत्तीर्ण ५७.२२प्रतिशत रहेको छ। शैक्षिक सत्र २०८० को एससी परीक्षामा बेलौरी नगरपालिकाबाट १ हजार ३७ जना सहभागीमध्ये ३ सय९५ जना उत्तीर्ण भएका थिए। यसवर्ष पनि संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा खस्किँदो अवस्थामा रहेको नतिजाले देखाएको छ।विगतको वर्षभन्दा यस वर्षको एस ई ई परीक्षाको नतिजा सुधारउन्मुख रहेको बेलौरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका निमित्त शाखा प्रमुख अमितप्रसाद भट्टले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस