२०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025

पुनर्वास:एसइई परीक्षामा नवयुग विद्या निकेतनको नतिजा शत प्रतिशत हुँदा दुईवटा विद्यालयको निल


  • २०८२ अषाढ १९, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • ४६० पाठक संख्या
  • पुनर्वास,१९ असार।कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ मा रहेको नवयुग विद्या निकेतनले एसइई परीक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ।नवयुग विद्या निकेतनबाट एसइई परीक्षामा १३ जना विद्यार्थीहरू सहभागी थिए।

    प्रकाशित एसइईको नतिजा अनुसार पुनर्वास नगरपालिका वडा नम्बर १ मा रहेको शान्ति माध्यामिक विद्यालय अंशुवर्मा र रामबुद्ध माध्यमिक विद्यालय पुरैना निल भएका छन्।शान्ति माध्यमिक विद्यालय अंशुवर्माबाट १७ जना र रामबुद्ध माध्यमिक विद्यालय पूरैनाबाट११ जना विद्यार्थीले एसइईको परीक्षा दिएका थिए। नगरपालिकाबाट प्रकाशित विवरण अनुसार सामुदायिक विद्यालय तर्फ पुनर्वास जनता माध्यमिक विद्यालयबाट ६६ जना विद्यार्थी मध्ये ५१जना उत्तीर्ण १५ जना अनुतीर्ण, जनकल्याण माध्यमिक विद्यालय आई बी आर डी २८ विद्यार्थी मध्ये २१ जना उत्तीर्ण ७ जना अनुतीर्ण, गौरी शंकर माध्यामिक विद्यालय (प्राविधिक धार)भानुबस्तीबाट १५ जना विद्यार्थीहरु मध्ये ११ जना उत्तीर्ण ४ जना अनुतीर्ण संस्थागत विद्यालयतर्फ खप्तड बोर्डिङ स्कुल पुनर्वास -६ बाट ३२जना विद्यार्थी मध्ये ३१ जना उत्तीर्ण १जना अनुतीर्ण,ए जी इङ्गलिस बोर्डिङ्ग स्कूल मोतीबस्ती, ११विद्यार्थी मध्ये १०जना उत्तीर्ण १ जना अनुतीर्ण, सिद्धनाथ विद्या निकेतन मोतीबस्ती,९ विद्यार्थी मध्ये ८ जना उत्तीर्ण १ जना अनुतीर्ण भएका छन्।

    पुनर्वास नगरपालिका भित्रका २६ वटा विद्यालयबाट ८ सय ८२ जना विद्यार्थी सहभागी थिए। जसमध्ये उत्तीर्ण ४१८ जना,४६४ जना अनुतीर्ण प्रतिशतको हिसाबले उत्तीर्ण ४७.३९ प्रतिशत र अनुतीर्ण ५२.४१ प्रतिशत छ।

     

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट