२०८२ अषाढ ३०, सोमबार | Mon, 14, Jul, 2025

उदयदेव मिडिया प्रा.लि.:-डिल्लीराज दाहालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन


  • २०८२ अषाढ १४, शनिबार मा प्रकाशित २ हफ्ता अघि
  • ३८५ पाठक संख्या
  • माधब पौडेल,१४असार।कञ्चनपुरको बेलौरीमा रहेको उदयदेव मिडिया प्रा.लि. को बार्षिक साधारणसभा एवं पाँचौँ अधिवेशन बाट डिल्लीराज दाहालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।शनिबार महाकाली बहुमुखी क्याम्पसको सभाहलमा आयोजित प्रा.लि. को वार्षिक साधारणसभा एवं पाँचौँ अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा डिल्लीराज दाहाल,उपाध्यक्षमा महावीर चन्द, सचिवमा ललित चन्द, कोषाध्यक्ष धोकराज राना तथा सदस्यहरूमा राज कुमार चौधरी,राजमति बम चन्द र लक्ष्मीदेवी विष्ट सर्वसम्मत चयन गरिएको निर्वाचन समिति सदस्य कर्ण बहादुर कुँवरले जानकारी दिनुभयो।उहाँका अनुसार, निवर्तमान अध्यक्ष कृष्ण बहादुर चन्दको संयोजकत्वमा संस्थापक अध्यक्ष हरिश्चन्द्र बाग, पूर्वअध्यक्ष दिनेशराज ओझा र पूर्वअध्यक्ष विष्णु प्रसाद शर्मा सदस्य रहने गरी सल्लाहकार समिति गठन गरिएको छ । त्यस्तै, प्रेम बहादुर थापाको संयोजकत्वमा हरिश बिष्ट र माधव पौडेल सदस्य रहने गरी लेखा समिति चयन गरिएको छ । अध्यक्ष दाहालको संयोजकत्वमा नन्दराज जोशी र भोजराज खरेललाई सचिवालय सदस्यमा चयन गरिएको छ।
    नयाँ कार्य समिति गठन गर्नु तत्कालीन अध्यक्ष‌ कृष्ण बहादुर चन्दको अध्यक्षतामा सञ्चालित पाँचौं साधारण सभाको खुला सत्रलाई सम्बोधन गर्ने वक्ताहरूले पछिल्लो समयमा रेडियो प्रसारणका क्रममा देखिएका समस्या, चुनौती, सम्भावना र अवसरका बारेमा चर्चा गर्दै सञ्चारमाध्यम सञ्चालनमा अझै एकढिक्का र सशक्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो । बन्द सत्रमा सचिव प्रेम बहादुर थापा र कोषाध्यक्ष माधव पौडेलले सभामा प्रस्तुत गर्नु भएको प्रतिवेदन सहित केही महत्त्वपूर्ण प्रस्तावहरू समेत पारित गरिएको बताइएको छ । वि.सं. २०७१ बैशाख १२ गतेका दिन कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई बेलौरी नगरपालिका वडा नम्बर ६ क्याम्पस रोडमा स्थापना भएको प्रा.लि. ले विगत ११ वर्ष देखि रेडियो बेलौरी प्रसारण गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट