२०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025

बेलौरी नगरपालिकाको १५औं नगरसभा सम्पन्न, आगामी आर्थिक वर्षको बजेट ७६ करोड ६२ लाख ८० हजार 


  • २०८२ अषाढ ८, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • १९८ पाठक संख्या
  • माधब पौडेल, ०८ असार। कञ्चनपुरको बेलौरी नगरपालिकाको १५औं नगर अधिवेशनबाट आर्थिक वर्ष २०८२/०८३ का लागि ७६ करोड ६२ लाख ८० हजार बराबरको बजेट पारित भएको छ।आइतबार आयोजित १५औँ नगरसभामा नगर प्रमुख पोतीलाल चौधरीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमले पुराना लोकप्रिय योजनालाई निरन्तरता दिँदै केही नवीन र महत्वाकांक्षी कार्यक्रमसमेत अघि सारेको छ ।कृषकलाई उन्नत बीउ तथा कृषि औजारमा ५० प्रतिशत अनुदान दिने अघिल्ला वर्षका कार्यक्रमलाई निरन्तरता दिइएको छ।नागरिक सुरक्षा र विपद् व्यवस्थापनमा नवीन सोच,विपद् जोखिम न्यूनीकरणका लागि प्रतिनिधि र कर्मचारीको एक दिन बराबरको तलब ‘विपद् कोष’मा जम्मा गर्ने नीति तय गरिएको छ । जोखिममा रहेका ६ वडामा ‘विपद् घर बीमा कार्यक्रम’ सञ्चालन गरिने छ ।

    नगर क्षेत्रभित्र ‘एक घर, एक म्यादी बीमा’ लागू गर्ने योजना सार्वजनिक गरिएको छ । बाढी प्रकोप न्यूनिकरणका लागि दोदा नदी र सुतिया नालामा पूर्वसूचना प्रणाली जडान गरिने उल्लेख छ ।सेवा प्रवाह छरितो बनाउन ‘डिजिटल नागरिक बडापत्र’ ल्याइने छ । उत्कृष्ट करदाता र वडा सम्मान कार्यक्रमलाई निरन्तरता दिइने भनिएको छ ।

     

    शिक्षा, स्वास्थ्य र पूर्वाधारमा अग्रसरता,शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत नगरले प्रोत्साहन र सुविधा विस्तार गर्ने योजना अघि सारेको छ । नगरका स्थायी बासिन्दा वा कर्मचारीले विद्यावारिधि (PhD) गरेमा एकमुष्ट रु. १ लाख अनुदान दिइने छ । वडा नं. ७ र ९ मा बर्थिङ सेन्टर सञ्चालन गरिने छ भने शव व्यवस्थापनका लागि ‘घरदेखि घाटसम्म’ सेवा दिने शववाहन सञ्चालनमा ल्याइने छ । गर्भवती तथा सुत्केरी महिलालाई दिइँदै आएको पोषण खर्च यस वर्ष पनि निरन्तर रहने छ । पूर्वाधारतर्फ, संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा २५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । बेलौरी-कलुवापुर चार लेन सडक र चक्रपथ निर्माणका लागि संघीय तथा प्रदेश सरकारसँग सहकार्य गर्ने नीति पुनः दोहोरिएको छ ।समग्रमा कृषि, सुरक्षा, पूर्वाधार, सेवा प्रवाह र सामाजिक विकासलाई जोड दिइएको बेलौरी नगरपालिकाको नीति तथा कार्यक्रमले समृद्ध र आत्मनिर्भर नगर निर्माणको आकांक्षा प्रस्तुत गरेको छ । बेलौरी नगरपालिका उपप्रमुख जाेगराम चाैधरीले प्रस्तुत गरेको बजेट अनुसार आगामी वर्षको कुल बजेट ७६ करोड ६२ लाख ८० हजार रुपैयाँ रहेको छ।यस्तै, नगर उपप्रमख चौधरीले बजेट प्रस्तुतीका क्रममा स्थानीय तहका वडास्तरीय योजनाहरूलाई १० वटै वडाका लागि ३ करोड १४ लाख रुपैयाँको विनियोजन गरेको छ। जसमध्ये बेलौरी नगरपालिका वडा नम्बर १लाई २४ लाख, वडा नम्बर २ लाई ३४ लाख, वडा नम्बर ३ लाई २५ लाख, वडा नम्बर ४ लाई ३५ लाख,वडा नम्बर ६ लाई ३२ लाख, वडा नम्बर ७ लाई २८ लाख,वडा नम्बर ८ लाई ३६ लाख, वडा नम्बर ९ लाई ३३ लाख र वडा १० लाई ३४ लाख रुपैयाँ विनियोजन गरिएको नगर प्रवक्ता हर्क बहादुर भुलले जानकारी दिनुभयो।

     

     

     

     

     

     

     

     

     

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट