२०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025

गौरीगंगा नगरपालिका वडा नं १० कैलालीको पहिलो बालमैत्री वडा घोषणा 


  • २०८२ अषाढ ८, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • १५५ पाठक संख्या
  • घनश्याम पौडेल,८असार,कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १० लाई जिल्लाको पहिलो बालमैत्री वडा घोषणा गरिएको छ।सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उक्त वडालाई बालमैत्री वडा घोषणा गरेका छन।बालमैत्री स्थानीय शासनका आधारभूत सूचकहरु पूरा गरीएकोले वडालाई बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष नरसिंह सार्कीले जानकारी दिनुभयो। बालमैत्री वडा घोषणा गर्नका लागि केही मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ ।बालबालिका मैत्री वडा हुन् बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्तालगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान रहेको जिल्ला समन्वय समिति कैलालीका सुचना अधिकारी विमल प्रकाश जोशीले बताउनुभएको छ।गौरीगंगा नगर प्रमुख देवीदत्त कडेलले “कैलाली जिल्लामै १० नम्बर वडा पहिलो बालमैत्री वडाको रुपमा घोषणा हुनु गर्वको विषय हो” घोषणामा मात्र सीमित नभई आम बालबालिकाको पक्षमा हुने गरि दिगोपनाको निरन्तरता रहनुपर्ने बताउनुभयो।वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका- २०७८ र बाल मैत्री स्थानीय शासन घोषणा कार्यबिधि -२०७९ अनुसारका ५१ वटा सुचकहरु पुरा गरेको छ । वडाले बाल बचाउको क्षेत्रमा १४ सुचक, संरक्षणको क्षेत्रमा १० वटा सुचक, बाल बिकासमा ६ वटा सुचक, सहभागीमा ६ र संस्थागतमा जम्मा १५ वटा गरि ५१ वटा सुचक पूरा गरेको छ।बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार स्थानीय तहलाई बालमैत्री गराउनका ५१ वटा सूचक पूरा गर्नुपर्ने प्रावधान अनुरुपको कार्य गरिएको वडा अध्यक्ष नरसिंह सार्कीले जानकारी दिएका थिए।वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र बाल कल्याण संघ टीकापुरको आर्थिक र प्राबिधिक सहयोग तथा गौरीगङगा नगर पालिका र वडा नं -१० को समन्वयमा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको थियोे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट