२०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025

पुनर्वासमा लागूऔषध व्युरोको ठूलो अपरेसन, २७३ ग्राम बढी खैरो हिरोईन बरामद


  • २०८२ अषाढ ७, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • १९९ पाठक संख्या
  • पुनर्वास ०६ असार।कञ्चनपुरको पुनर्वासबाट लागू औषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् । सुदूरपश्चिमै अहिलेसम्मको सबैभन्दा ठूलो परिणाममा लागू औषध खैरो हिरोइन सहित दुई जना पक्राउ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।पुनर्वास – ६ स्थित सम्राट होटल नजिकै बाट खैरो हिरोई (लागू औषध) बेचविखन हुने सूचना प्राप्त भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा दुईजनालाई पक्राउ गरेको हो।प्रहरीले उनीहरूको साथबाट कालो झोलामा रहेको ५ थान सेतो प्लास्टिकको पोका बरामद गरेको थियो । जसमा खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ भेटिएको प्रहरीले जनाएको छ । उक्त पदार्थको कुल तौल ( प्लास्टिक सहित ) २७९ ग्राम २५० मिलीग्राम पाइएको छ भने प्लास्टिक हटाएपछि २७३ ग्राम २६० मिलीग्राम भएको लागू औषध भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले जानकारी दिनुभयो।गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक महेश विक्रम शाहीको नेतृत्वमा ९ जनाको संयुक्त टोलीले उक्त परिणामको लागू औषध खैरो हिरोइन बरामद गरेको हो ।

    प्रहरीले लागू औषध खैरो हिरोइन सहित कञ्चनपुरको पुनर्वास नगरपालिका-६ बस्ने ५० वर्षीय दीपक बि.सी. र दार्चुलाको महाकाली नगरपालिका- ३ बस्ने ४२ वर्षीय नरसिंह महरा पक्राउ गरेको छ । पक्राउ परेका दुवै व्यक्तिलाई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट