धनबहादुर बिक,६ असार।दलित सशक्तीकरणका लागि कानुन प्रदत व्यवस्था र कार्यनयन अवस्था बिषयक कार्यक्रम पुनर्वास मा सुरु भएको छ।नगर स्तरिय दलित समन्वय समिति पुनर्वासले आयोजना गरेको उक्त कार्यक्रम बिहिवार पुनर्वास नगरपालिका ९ को सभाहलबाट सुरु गरिएको हो । समितिका अध्यक्ष हरि ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रम मा वडा अध्यक्ष नरबहादुर बिकको प्रमुख आतिथ्यमा पहिलो दिन वडा नम्बर ८ र ९ को संयुक्तरूपमा वडा नम्बर ९ मा सम्पन्न भएको हो।भने शुक्रबार पुनर्वास उधोग वाणिाज्य संघको सभाहलमा वडा नम्बर ४ र ५ का वडावासी सहभागी रहेका थिए।शुक्रबार भएको कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा,विशिष्ट अतिथिमा वडा नम्बर ५ का वडा अध्यक्ष पदमबहादुर रोकाया,अतिथि हरूमा कार्यापालिका सदस्य,मनमाया बिके,यदुराम एस के,भिम नेपाली,वडा सदस्य मणिनाथ बोगटी,बिष्णु नेपाली,विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख शर्माले आफू निर्वाचित भए पश्च्यात पहिलोपटक दलित हकअधिकार तथा सशक्तीकरण को बिषयमा कार्यक्रम को आयोजना हुन लागेकामा खुसी व्यक्त गर्दै यद्यपि यस्तो जनचेतनामूलक कार्यक्रममा नयाँ पिडीहरूलाइ समेत सहभागिता गराउनुपर्ने उनले आयोजकलाई सुझाव दिनुभयो।
युवाहरूलाई सहभागी गराएर कार्यक्रम गर्दा कथित जातीय विभेद जस्तो विकृतिको अन्त्य गराउन सहज हुने नगर प्रमुख शर्माले जोड दिनुभयो । पुनर्वासमा अवशेषका रूपमा रहेको जातीय भेदभाव अन्त्यका लागि नगरपालिका बाट गर्नुपर्ने नितिगत क्रियाकलापमा आफु पछि नपर्ने कुरामा प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रमका मुख्य प्रशिक्षक खाद्य व्यवस्था तथा व्यापार कम्पनी , सुदूरपश्चिम प्रदेश प्रमुख दिपक थापाले अन्तर्राष्ट्रिय कानूनी व्यवस्था,राष्ट्रिय कानूनी व्यवस्था,संस्थागत एवं संयन्त्रगत व्यवस्था,योजना र बजेटमा भएको व्यवस्था, राज्यको प्रयास,सरकारबाट भएका प्रयास,अदालतबाट भएका प्रयास, राष्ट्रिय मानव अधिकार आयोगबाट भएका प्रयास ,राष्ट्रिय दलित आयोगबाट भएका प्रयास, सरोकारवालाको आगामि भूमिका बिषयमा सहभागिहरूलाई प्रशिक्षित गराएका थिए।यस संगै नेपालमा दलित समुदायको मानव अधिकार सम्बन्धी व्यवस्था, अवस्था र आगामि भूमिका जस्ता महत्त्वपूर्ण बिषयमा जानकारी दिएका थिए ।
कार्यक्रममा दलित अगुवा दुर्गाराज सुनारले दलित समुदाय लाई राज्यको मुलधारमा ल्याउन दलित बालबालिकालाई शिक्षा मा जोड दिनुपर्ने बताउनुभयो। भोको पेट रहेर पनि दलितका बालबालिकालाई उच्च शिक्षा अध्ययन गराउन सकेमा यस्ता विकृतिको अन्त्य हुनमा टेवा पुग्ने बताउनुभयो।कार्यपालिका सदस्य यदुराम सार्की ले छुवाछूत प्रथा अन्त्य नभएसम्म नेपाल मा समग्र विकास असम्भव रहेको कुरा औंल्याउनुभयो।निवर्तमान कार्यपालिका सदस्य बिष्णु बिकले शिपका धनी दलित समुदायको पछिल्लो समय परम्परागत सीपहरू खोसिदै आएको मा दलित हरू थप मर्कामा पर्दै आएको बताउनुभयो । पुनर्वासमा रहेका शिपका धनी दलित समुदायको लागि स्थानीय सरकारले रोजगार को वातावरण सृजना गर्नुपर्ने उनलेे जोड दिनुभयो।
कार्यक्रमलाई समापन गर्दै समितका अध्यक्ष हरिकृष्ण ताम्राकारले दलित बर्गको समग्र समस्या समाधानका निम्ति दलितबिच एकताको खांचो रहेको कुरा औंल्याउँदै जबसम्म दलितबिच एकता हुदैन दलितका समस्या समाधान नहुने बताउनुभयो।गाउँका कुना कन्धराका दलित समुदाय हरू अझै धेरै पिडामा छन , उनिहरूले सामाजिक,आर्थिक तथा जातीय अन्याय खेपेर बसेका छन,त्यसैले यस्ता सशक्तीकरण कार्यक्रमको माध्यमबाट पुनर्वास का सिंगो दलित समुदायलाई जनचेतना गराउन आफ्नो टिम लागिरहेको बताउनुभयो। नगरस्तरिय दलित समन्वय समिति कि कोषाध्यक्ष कमला बिकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उदय घिमिरेले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस