२०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025

बेलौरीमा:कुण्डा सब डिभिजन वन कार्यालयद्वारा विद्यार्थीहरुलाई स्कुल शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न


  • २०८२ अषाढ १, आईतबार मा प्रकाशित ४ हफ्ता अघि
  • १६६ पाठक संख्या
  • माधब पौडेल, ०१आषाढ। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ खिरियामा रहेको जनजागृति पुष्पलाल स्मृति माध्यामिक विद्यालयमा कुण्डा सब डिभिजन वन कार्यालयद्वारा कक्षा ८,९ र १० मा अध्ययनरत ८२ जना छात्र छात्राहरुलाई वन सम्बन्धी स्कूल शिक्षा सम्बन्धी कार्यक्रम गरिएको छ।वन वन्यजन्तु संरक्षण तथा हाल विश्वमा देखिएको जलवायु परिवर्तन वातारणको विषयमा सचेतना मुलक कार्यक्रम गरिएको थियो।यस क्षेत्रमा विगत वर्षदेखि नै बाघ,अजिङ्गर,गोही बँदेल,चित्तल लगायतका वन्यजन्तुहरुको उद्दार समेत कुण्डा वन सब डिभिजन कार्यालय पचकडीयाबाट उद्दार भइरहेको विषय समेत प्रस्ट पार्दै आउँदा दिनहरूमा बन वन्यजन्तु सम्बन्धी कुनै भए सूचना आदानप्रदान गर्नमा सहज होस् भन्ने उद्देश्यले स्कुल शिक्षा कार्यक्रम गरिएको कुण्डा वन सब डिभिजन कार्यालयका कार्यालय प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो।प्रमुख दिनेश कुमार यादवले वन संरक्षणका लागि हामी सबैको दायित्व रहेको बताउँदै प्रत्येक वर्ष कुण्डा वन सब डिभिजन कार्यालयले विभिन्न प्रजातिका बिरुवाहरू वितरण गरिँदै आइरहेको समेत बताउनुभयो।

    वर्तमान समयमा जलवायु परिवर्तनले वन विनाश लगायतका विषयवस्तुहरु यस समयका महत्वपूर्ण पक्षहरु हुन अहिले हाम्रो पाठयक्रम र पाठ्य पुस्तकमा भएका विषयवस्तुमा विद्यार्थीहरुलाई थप ज्ञान प्राप्तिका लागि विद्यालयमै पुगी ८२ जना छात्रछात्राहरुलाई वन सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यवाद ज्ञापन व्यक्त गर्दै यस कार्यक्रमको आयोजना गरिएको जनजागृति पुष्पलाल स्मृति माध्यामिक विद्यालयका प्रधानाध्यापक विर्षलाल बिश्वकर्माले जानकारी दिनुभयो। विद्यालयका लागि निःशुल्क बिरुवा उपलब्ध गराइदिनुहुन आग्रह गर्नुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट