धनबहादुर बिक,२८ जेष्ठ जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ६ स्थित टाउन बजार मा सञ्चालित कृषि हाटबजार को नगर प्रमुख शर्माले आज अवलोकन गर्नुभएको छ ।
प्रत्येक साताको बुधबारका दिन लाग्ने गरेको कृषि हाट बजारको पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा लगायत समाजसेवी हरूले अवलोकन गरेका हुन।गत बैशाख ३ गते बुधबारदेखि सञ्चालन गरिएको कृषि हाटबजार ले अपेक्षित रूपमा प्रगतिउन्मुख गति लिन थालेपछि हाटबजारले सरोकारवाला को ध्यान तान्न सफल भएको छ अव्यवस्थित रूपमा सञ्चालनमा रहेको बजारलाई व्यवस्थित बनाउन कृषि हाट बजार सञ्चालन समितिले स्थानीय सरकार समक्ष अपिल समेत गर्दै आएको छ ।
हामीले सोंचेको भन्दा हाटबजारले राम्रो गति लिन थालेको छ त्यसैले बजारलाई व्यवस्थित बनाउन पहल थालिएको हाटबजार सञ्चालक समिति अध्यक्ष सोमराज बरालले बताउनुभयो ।हाटबजार अवलोकनमा नगर प्रमुख तोय प्रसाद शर्मा,पुर्व नगर प्रमुख जिवनराज थापा,पुनर्वास उधोग बाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझी,रेडक्रस सोसाइटी पुनर्वास उपशाखा अध्यक्ष कृष्णबहादुर तामाङ समाजसेवी यम प्रसाद शर्मा,समाजसेवी सुकबहादुर तामाङ लगायत सहभागी थिए ।पुनर्वास उद्योग बाणिज्य संघ,पुनर्वास नगरपालिका वडा नम्बर ६ वडा कार्यालय तथा प्रतिभा नगर बजार व्यवस्थापन समिति को बिशेष पहलमा प्रतिभानगर कृषि हाटबजार सञ्चालन गरि व्यवस्थापन समिति गठन गरिएको हो ।
प्रतिभानगरको कृषि हाटबजारलाई आई बी.आर.डी मा रहेको शनिबारे हाटबजार कै रूपमा विकास गर्न नगरपालिकाको आगामी आर्थिक बर्षको योजनाबाट पहल गरिने नगर प्रमुख शर्माले बताउनुभयो।
पछिल्लो समय आर्थिक मन्दी तथा बजारको विकास तर्फ सरोकारवालाको ध्यानाकर्षण नहुंदा प्रतिभानगर बजार सुनसान प्रायः हुँदै आएको थियो । बजारलाई चलायमान बनाउन नयाँ बर्ष २०८२ को आगमन संगै कृषि हाटबजार सञ्चालन गर्न पहल गरिए को पुनर्वास उधोग वाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझीले बताउनुभयो।साप्ताहिक रुपले संचालन भएको कृषि हाट बजारलाई आकर्षित र व्यवस्थित बनाउन सञ्चालन समितिले विभिन्न सरोकारवाला व्यक्ति,संघ संस्था संग सहकार्य गरि बिबिध रचनात्मक कार्यक्रमहरू ल्याउने निर्णय हरू गरेको छ ।
प्रतिक्रिया दिनुहोस