२०८३ जेष्ठ १०, आईतबार | Sun, 24, May, 2026

बेलौरीका आठ वटा सामुदायिक विद्यालयलाई निड्स नेपालद्वारा शैक्षिक सामग्री हस्तान्तण


  • २०८२ जेष्ठ २७, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • ५३१ पाठक संख्या
  • माधब पौडेल, २७ जेष्ठ। बेलौरी नगरपालिकाका आठ वटा सामुदायिक विद्यालयमा निड्स नेपाल बिएमजेड केकेएस जर्मनीकाे आर्थिक सहयाेग लैङ्गिक समता तथा समानताकाे प्रवर्द्धन गर्दै विपन्न वर्गकाे आर्थिक सामाजिक अवस्थामा सुधार कार्यक्रम अन्तर्गत वेलाैरी नगरपालिका वडा नम्बर ५ मा ४ वटा विद्यालय र वडा नम्बर ९ मा रहेका ४ वटा गरी ८ वटा विद्यालयका बालविकास केन्द्रका शिक्षणमा सहयाेग पुग्ने गरी खेल तथा सिकाइ शिक्षण सामग्रीहरु हस्तान्तरण गरेकाे छ ।बेलौरी नगरपालिका वडा नम्बर ५ का बागेश्वरी आधारभुत विद्यालय, कालेश्वर आधारभुत विद्यालय,कृष्ण प्रसाद आधारभुत विद्यालय र जननमुना माध्यामिक विद्यालय रहेका छन् ।बेलौरी नगरपालिका वडा नम्बर ९ मा गाेरखनाथ माध्यमिक विद्यालय, सिद्धकेदार आधारभुत विद्यालय, शुक्लाफाटा आधारभुत विद्यालय र त्रिभुवन माध्यामिक विद्यालय गरी जम्मा ८ वटा विद्यालयमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएकाे हो।बेलौरी नगरपालिका वडा नम्बर ५ र बेलौरी नगरपालिका वडा नम्बर ९ वडाध्यक्ष,निड्स नेपालका अध्यक्ष दुर्गा खरेलको उपस्थितिमा सामुदायिक विद्यालयमा ६२ प्रकारका सामाग्रीहरु हस्तान्तरण गरिएकाे निड्स नेपालका परियोजना संयोजक मिन बहादुर हुड्केले जानकारी दिनुभयो। संयोजक हुड्केका अनुसार यस शिक्षण सामाग्रीहरुले बालविकास केन्द्रमा अध्ययनरत बालबालिकाकाे सिकाइ उपलब्धि हासिल गर्न सहज हुने बताउनुभयो।कार्यक्रममा बोल्दै वडाध्यक्षहरुले सामग्री हस्तान्तण गर्ने निकायलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयले यी सामाग्रीहरुकाे प्रयाेग गरी अध्यापन गराउनु पर्ने र बालबालिकाहरुकाे सिकाइमा उपलब्धि हुने बताएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट