२०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको २० औं स्थापना दिवसको अवसरमा बिरामीहरुका लागि फलफूल वितरण


  • २०८२ जेष्ठ २७, मंगलबार मा प्रकाशित १ साल अघि
  • ५४४ पाठक संख्या
  • माधब पौडेल,२७ जेष्ठ।राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल २०औं स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बेलौरी नगर समिति बिरामीहरुका लागि फलफूल वितरण गरिएको छ।२० औं स्थापना दिवसको अवसरको मंगलबार बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीहरुका लागि फलफूल वितरण गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बेलौरी नगर समिति अध्यक्ष नरेन्द्र प्रसाद गैरेले जानकारी दिनुभयो। कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्लाका कार्यसमिति सदस्य कृष्णप्रसाद रानाले गर्नुभएको थियो।कार्यक्रमको सभापति राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बेलौरी नगर समिति अध्यक्ष नरेन्द्र प्रसाद गैरे, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी,विशिष्ट अतिथि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द बहादुर विष्ट लगायत राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बेलौरीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्लाका कार्यसमिति सदस्य रितु गैरेले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑