२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

बेलौरी नगरपालिका २ टेडुवामा चप्पल बनाउने पाँच दिने तालिम सम्पन्न


  • २०८२ जेष्ठ १८, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • २६३ पाठक संख्या
  • हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर, १८ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ टेडुवामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चप्पल बनाउने पाँच दिने तालिम सम्पन्न भएको छ । बेलौरी नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिममा चौधरी चप्पल उत्पादन उद्यमी समूहमा आवद्ध १२ जना महिला सदस्यहरूले सहभागीता जनाएका थिए । तालिमको उद्देश्य स्थानीयस्तरमै चप्पल उत्पादनमार्फत महिलाहरूको आयआर्जनमा टेवा पुर्‍याउनु रहेको उद्यम विकास शाखा प्रमुख दीपा रावतले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमपछि सहभागी महिलाहरूले व्यवसायिक रूपमा चप्पल उत्पादन थाल्ने आशा गरिएको छ ।कार्यक्रमका सभापति तथा चौधरी चप्पल उत्पादन उद्यमी समूहकी अध्यक्ष सुन कुमारी चौधरीले तालिमले महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्न योगदान दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले सीपमूलक तालिममार्फत स्थानीय महिला समूहहरूलाई आत्मनिर्भर बनाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।विशिष्ट अतिथि वडा नम्बर २ का वडाध्यक्ष कलबिर चौधरीले यस्तो तालिमले स्थानीय स्तरमै रोजगारी सिर्जना हुने र महिलाहरूको सामाजिक आर्थिक अवस्था मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा वडा सचिव नमराज पौडेल, बेलौरी नगरपालिकाका सब-इन्जिनियर हृदयराज बजगाईं, जिन्सी शाखा प्रमुख श्याम कुमार राना तथा वडा सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट