२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीका विद्यार्थी र प्राध्यापकहरु आदान–प्रदान हुने 


  • २०८२ जेष्ठ ११, आईतबार मा प्रकाशित ४ हफ्ता अघि
  • ९८ पाठक संख्या
  • जेठ ११ ।सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकाय र दक्षिण कोरियाको काङ्वोन नेशनल युनिभर्सिटी अन्तर्गतको इलेक्ट्रोनिक तथा एआई प्रणाली इन्जिनियरिङ विभागबीच आपसी शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र (MoU) आदान–प्रदान गरिएको छ।

    काङ्वोन युनिभर्सिटीतर्फबाट विभाग प्रमुख प्रा. डा. वाङ चो र सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन किसन दत्त भट्टद्वारा हस्ताक्षर गरिएको उक्त समझदारीपत्र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तको उपस्थितिमा आदान–प्रदान गरिएको हो।

    दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्यको उद्देश्यले गरिएको MoU मा संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धानका लागि संयुक्त प्रस्ताव तयारी, तथा गोष्ठी, सम्मेलन र कार्यशालाजस्ता शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने व्यवस्था गरिएको छ।समझदारीपत्र पाँच वर्षसम्म प्रभावकारी रहनेछ। यस अवधिमा दुवै विश्वविद्यालयले आपसी विश्वास, मित्रवत् सम्बन्ध र साझा हितका आधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट