२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

नेपाल राष्ट्रिय शिक्षक संगठन कंचनपुरको अधिवेशन सम्पन्न अध्यक्षमा बिष्ट निर्वाचित


  • २०८२ जेष्ठ ११, आईतबार मा प्रकाशित १ महिना अघि
  • १५० पाठक संख्या
  • कंचनपुर ११ जेठ । नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष पदको लागि भएको निर्वाचनबाट विष्टले एक सय ३ मत लिएर अध्यक्षमा निर्वाचित भएका हुन् । विष्ट यस अघि संगठनका जिल्ला सचिव हुन् । उहाँका प्रतिस्पर्धि भुवनेश्वरी थापा रावलले ३४ मत मात्र प्राप्त गरेका थिए । जिल्लाको अन्य पदाधिकारी तथा सदस्य र प्रदेश प्रतिनिधि निर्विरोध निर्वाचित भएता पनि अध्यक्ष पदका दुवै जना प्रत्यासीविच सहमति हुन नसकेपछि भने निर्वाचन भएको हो ।
    १३औ जिल्ला अधिबेशनबाट उपाध्यक्षमा चन्द्र बहादुर थापा, कुमारी सत्या रोकाया निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा धनञ्जय जोशी, कोषाध्यक्षमा छविराज पाण्डेय, सहसचिवमा गीता रेग्मी र सहकोषाध्यक्षमा नर्मदा जोशी निर्विरोध निर्वाचित भएका छन् ।सदस्यमा टिकाराम शर्मा, लक्ष्मीदत्त भट्ट, रुद्र कुमार जोशी, प्रेमसिंह भण्डारी, खेमराज जोशी, रामबहादुर कुँवर, दयाकृष्ण जोशी, सत्यराज जोशी, शालिकराम खराल, रामप्रसाद जैशी, मीना पण्डित, लक्ष्मी खड्का, दुर्गा विष्ट, चन्द्रदत्त भट्ट, जानकी राना, डिलामाया विक र दिपेन्द्रकुमार चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका निर्वाचन अधिकृत राजेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए ।
    शुक्रबार समुद्धघाटन भएको जिल्ला अधिबेशनमा संगठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारी प्रमुख अतिथि रहेका थिए । संगठनका निवर्तमान अध्यक्ष वेद प्रशाद उपाध्यायले कार्यक्रमको अध्यक्षतामा गरेका थिए । कर्णाली प्रदेशका पूर्व प्रमुख प्रमुख गोबिन्द कलौनी कार्यक्रममा विशिष्ठ अतिथि थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु कृपाराम राना, एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट, नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रीय सदस्य भवानी चन्द लगायत सहभागी थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट