धनबहादुर बिक,०३जेष्ठ। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ६ स्थित टाउन बजारमा कृषि हाटबजार व्यवस्थापन सञ्चालन समिति गठन गरिएको छ । पुनर्वास उधोग बाणिज्य संघ,पुनर्वास नगरपालिका वडा नम्बर ६ वडा कार्यालय तथा प्रतिभा नगर बजार व्यवस्थापन समिति को बिशेष पहलमा प्रतिभानगर कृषि हाटबजार व्यवस्थापन समिति गठन गरिएको हो।नव गठित समितिको संयोजकमा समाजसेवी सोमराज वराल,सह-संयोजकमा उमेश कुमार बिस्वकर्मा,सचिवमा मदन खडका , कोषाध्यक्षमा,प्रेम थापा,सदस्यमा धनबहादुर विश्वकर्मा, हेमन्ति लामा,अमर रोकाया,वर्षा श्रेष्ठ र १ जना पछि थपने गरि ९ सदस्यीय समित गठन गरिएको छ।पुनर्वास उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझी तथा प्रतिभानगर बजार व्यवस्थापन समिति अध्यक्ष अमित रोकाया को बिशेष पहल साथै बजारवासीको सहकार्य मा गत बैसाख ३ गते बुधबार पहिलो दिन हाटबार को सुरुवात गरिएको थियो भने बैसाख २३ गते समाजसेवी सोमराज वरालको संयोजकत्वमा गठन गरिएको समितिले शुक्रबार भेला बसि पुर्णता पाएको हो ।
पुनर्वासकै पुरानो टाउन बजार,हाल प्रतिभानगरका नामले परिचित हुँदै आएको छ । पछिल्लो समय आर्थिक मंदि तथा बजार व्यवस्थापन तर्फ सरोकारवालाको ध्यानाकर्षण नहुंदा प्रतिभानगर बजार सुनसान प्रायः हुँदै आएको थियो । बजारलाई चलायमान बनाउन नयाँ बर्ष २०८२ को आगमन संगै कृषि हाटबजार सञ्चालन गर्न पहल गरिए अनुसार जेठ ३१ गते पाचौं साता आईपुग्दा साप्ताहि हाटबजारले गति लिन थालेको छ।साप्ताहिक रुपले संचालन भएको कृषि हाट बजारलाई आकर्षित र व्यवस्थित बनाउन सञ्चालन समितिले विभिन्न सरोकारवाला व्यक्ति, संघ संस्था संग सहकार्य गरि बिबिध रचनात्मक कार्यक्रम हरू ल्याउने निर्णयहरू गरेको छ ।
प्रतिक्रिया दिनुहोस