२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

बेलौरी:न्यायिक समितिको आयोजनामा दुई दिने मेलमिलाप तथा कानुन सम्बन्धी तालिम सुरु


  • २०८२ बैशाख ३१, बुधबार मा प्रकाशित १ महिना अघि
  • २१० पाठक संख्या
  • माधब पौडेल,३१ बैशाख। कञ्चनपुरको बेलौरी नगरपालिका न्यायिक समितिको आयोजनामा बुधबार दुई दिने मेलमिलाप तथा कानुन सम्बन्धी तालिम सुरु भएको छ।मेलमिलाप तथा कानुन सम्बन्धी तालिममा बेलौरी नगरपालिकाका दशै वडाका वडाध्यक्ष,वडा सचिव,न्यायिक समितिका सदस्य शिवराज राना,आरती चौधरी,बेलौरी नगरपालिकाका नगर प्रवक्ता हर्क बहादुर भुलको सहभागिता रहेको थियो।

    कार्यक्रमको स्वागत मन्तब्यमा बोल्दै न्यायिक समितिका सदस्य आरती चौधरीले मेलमिलाप तथा कानुन सम्बन्धि कार्यक्रममा सहभागी वडाध्यक्ष,वडा सचिवलाई सामान्य मुद्दामा मामिला,खर खिचोलो कि विषयमा जानकारहरुले सत्य तथ्य कुरामा न्यायीक समिति माझ सही सूचना दिनुपर्ने बताउँदै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो।भने कार्यक्रमको उद्देश्य सहितको मन्तव्य न्यायिक समिति सदस्य शिवराज रानाले प्रस्तुत गर्नुभएको थियो।कार्यक्रमको सभापति बेलौरी नगरपालिका न्यायिक समितिका संयोजक तथा बेलौरी नगरपालिकाका उप- प्रमुख जोगराम चौधरी, अतिथिमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐर, बेलौरी नगरपालिकाका नगर प्रवक्ता हर्क बहादुर भूल,प्रशिक्षक अधिवक्ता झँकर कुवँर रहनुभएको थियो।कार्यक्रममा बोल्दै उप-प्रमुख जोगराम चौधरीले नागरिकहरु बीच उत्पन्न हुने विवादहरु लाई लिएर जिल्लाका सदरमुकाममा रहेका न्यायिक र अर्ध न्यायिक निकायसम्म पुग्न नागरिकको श्रम साधन र धनको बढी खर्च हुने भएकोले आफूले स्थानीय स्तरमा उत्पन्न भएका विवादलाई स्थानीय स्तरबाट नै जनताले निर्वाचित गरेका जनप्रतिनिधि हरुको प्रयास बाट विवाद निरूपण गर्दा दीर्घकालीन सामाजिक सद्भाव मेलमिलाप र आपसी सहिष्णुता कायम रहने भएकाले मेलमिलाप केन्द्र र न्यायिक समितिको महत्वपूर्ण भूमिका रहेको हुँदा यस कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

    तालिमका प्रशिक्षक अधिवक्ता झँकर कुवँरले सहभागी वडाध्यक्ष, वडा सचिव लगायत न्यायिक सदस्यहरुलाई मेलमिलाप कानुन सम्बन्धी प्रशिक्षण गराउनुभएको थियो।कार्यक्रमको सञ्चालक न्यायीक समितिका उजुरी प्रशासक बिनोद चौधरीले गर्नुभएको थियो।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट