२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

शुक्रबारदेखि भीमदत्त नगरमा फारवेष्टर्न टुरिज्म मार्ट


  • २०८२ बैशाख २४, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • ११५ पाठक संख्या
  • कञ्चनपुर, २४ बैशाख।शुक्रबारदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न टुरिज्म मार्ट) हुने भएको छ।सुदूरपश्चिम सहित नेपालका पर्यटकीय स्थलको प्रर्बद्धनका लागि फारवेष्टर्न टुरिज्म मार्ट हुन लागेको हो ।

    नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा तीन दिने पर्यटन महोत्सव हुन लागेको आयोजकले जनाएको छ । (नेपाल भारत)का पर्यटन व्यबसायीहरुविच हुने उक्त मार्टमा सुदूरपश्चिम प्रदेश सहित नेपालका विभिन्न पर्यटकीय गन्तव्य बारे भारतीय पर्यटन व्यवसायीहरुलाई जानकारी गराईने छ ।

    उक्त मार्ट कार्यक्रममा भारतका विभिन्न ठुला शहर दिल्ली, उत्तराखण्ड, उत्तर प्रदेश सहितका स्थानका पर्यटन व्यवसायीहरुलाई नेपालका पर्यटकीय स्थलको भरपूर्ण जानकारी गराएर उताबाट पर्यटक भित्र्याउने उदेश्यले कार्यक्रम गर्न लागिएको छ । महोत्सव आयोजक समितिका संयोजक एव भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले छिमेकी मुलुक भारतका पर्यटक व्यवसायीहरुको जानकारी गराउने बताउनुभयो। उद्घाटनका दिन पर्यटन तथा नागरिक उड्डायान मन्त्री बन्द्री पाण्डेको प्रमुख आथित्यमा उद्घाटन गराएर दुवै देशका पर्यटन व्यवसायीहरुविच पर्यटन विकास बारे छलफल गर्ने गराईनेछ ।

    ‘दुवै देशका पर्यटन व्यवसायीहरुसंग पर्यटन बृद्धि विकासदेखि नेपालमा कसरी पर्यटन भित्र्याउने बारे विज्ञहरुबाट चुनौती एव सम्भावनाका विषयमा घनिघुत छलफल हुनेछ ‘पर्यटन प्रर्बद्धनका लागि हामीले भारतीय पर्यटन व्यवसायीसंग नेपालमा पर्यटक भित्र्राउन प्याकेज बनाउन योजना दिन्छौँ।दोस्रो दिन महाकाली, कर्णाली नदीका ट्याफ्टिङ, टीकापुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहितका पर्यटकीय स्थलको प्रत्यक्ष अवलोकन गराउने बताए । तेस्रो दिन नेपालको पर्यटन बृद्धि विकासका लागि समिक्षा सहित समापन गरिने छ । नेपाल एसोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टस(नाटा) सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिहले उक्त मार्ट कार्यक्रमबाट नेपाल र भारतका पर्यटन व्यवसायीविच सुदूरपश्चिमका पर्यटकीय गन्तव्य बारे थप जानकारी हुने भएकाले भारतका पर्यटक नेपालका विभिन्न स्थान र नेपालका पर्यटक सुदूरका पर्यटकीय गन्तव्यमा आउने वातावरण सृजना हुने भएकाले पर्यटन माध्यामबाट आर्थिक बृद्धि विकासमा टेवा पुग्ने बताउनुभयो ।

    ‘विगतमा पनि हामीले यस्ता कार्यक्रम गरेका थियौँ, ‘यसबाट दुवै देशका पर्यटन व्यवसायीविच थप पर्यटकीय गन्तव्य बारे जानकारी भएर पर्यटनका लागि टेवा पुगेको थियो ।’

    सुदूरपश्चिमको पर्यटन विषयमा जानकार राख्ने बरिष्ठ पत्रकार चित्राङ्ग थापाले कार्यक्रमबाट दुवै देशका पर्यटन व्यवसायीविचको आपसी सम्वाद, छलफलबाट थप पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने भएकाले कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोडदिएका छन ।

    कञ्चनपुरका होटल व्यवसायी जगदिशचन्द्र भट्टले बिटुबी विच हुने यो पर्यटन महोत्सवबाट नेपालका पर्यटकीय गन्तव्य रहेका क्षेत्रमा राम्रो आतिथ्यता स्वागत गर्न सके थप पर्यटन प्रर्बद्धन हुने बताए । पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले पर्यटन बृद्धि विकासका लागि संचार माध्यममकोे भूमिका महत्वपूर्ण हुने भएकाले पर्यटन प्रर्बद्धनका क्षेत्रमा संचारकर्मीले समेत आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्ने बताउनुभयो । उक्त तीन दिने महोत्सवको युद्ध स्तरमा तयारी भईरहेको आयोजकले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट