२०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

कञ्चनपुरका दुई पालिका मिलेर दमकल खरिद गर्दै 


  • २०८२ बैशाख ४, बिहिबार मा प्रकाशित १ साल अघि
  • ८३० पाठक संख्या
  • माधब पौडेल ०४ बैशाख कञ्चनपुरको बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त लागानीमा बिहीबार बेलौरी नगरपालिकामा बसेको संयुक्त बैठकले दमकल खरिद गर्ने निर्णय गरेको हो।

    अग्नि नियन्त्रक दमकल खरिदका लागी बेलौरी नगरपालिकाले कुल मूल्यको ६५ प्रतिशत र लालझाडी गाउँपालिकाले ३५ प्रतिशत खर्च बेहोर्ने गरी दमकल खरिद गर्न लागिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो। अध्यक्ष रानाका अनुसार आगलागीका ठूला ठूला घट्ना बाट धनजनको क्षति न्यूनीकरणमा मद्दत गर्नमा सहयोग होस् भनी बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका मिली दमकल खरिद गर्न लागिएको बताउनुभयो। खरिद गरेपश्चात दमकललाई दुवै पालिकालाई सहजै पहुँच पुग्ने स्थानमा राखिने समेत बताउनुभयो।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट