कञ्चनपुर, ०४ बैशाख।राष्ट्रिय युवा संघ नेपाल बेलडाँडीको अध्यक्षमा शेर बहादुर खत्री चयन भएका छन । बुधबार बेलडाँडीमा एमाले निकट राष्ट्रिय युवा संघ नेपाली बेलडाँडीको अध्यक्षमा खत्री चयन भएका हुनु भएको छ।
उपाध्यक्ष कृष्ण चौधरी, सचिव कृष्ण सिंह धामी, सह सचिवद्वय देव बहादुर बुढाथोकी, गिता ओखेडा, कोषाध्यक्ष पकञ्ज थापा, सदस्यहरु खगेन्द्र राना,कमल चौधरी, राम प्रशाद चौधरी, धन ब. थापा रहेका छन । बाँकी सदस्य पछि मनोनित हुने जनाईको छ ।
एमाले बेलडाँडीका युवा नेता खत्री सर्वसम्मत युवा संघ नेपाल बेलडाँडीको नेतृत्वमा पुगेका हुन।खत्रीले प्रवासमा समेत समाजिक काम गर्दै आएका थिए । नवनिर्वाचित अध्यक्ष खत्रीले आफुले पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताउनुभयो। अधिवेशनमा एमाले केन्द्रीय सदस्य कमला बोहरा, युवा संघ केन्द्रीय पुर्व अध्यक्ष बचन सिह, एमाले जिल्ला सचिवालय सदस्य अक्कल बहादुर विष्ट, युवा संघ कञ्चनपुर अध्यक्ष दिनेश विष्टले युवाका पक्षमा कामकाज गर्न आब्हान गरेका छन ।
प्रतिक्रिया दिनुहोस