२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

जिल्लाको शान्ति, सुशासन र बेथिति न्यूनिकरण  गर्न प्रतिबद्ध छु :प्रमुख जिल्ला अधिकारी ढकाल


  • २०८२ बैशाख ३, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • १४७ पाठक संख्या
  • कञ्चनपुर, ३ बैशाख।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाकोे शान्ति, सुशासन, सुरक्षा, एव बेथिति न्यूनिकरणका लागि आफु पूर्ण प्रतिबद्ध रहेको बताएका छन । बुधबार जिल्लाका पत्रकारसग परिचयात्मक गर्दै प्रजिअ ढकालले शान्ति, सुशासन, सुरक्षा, बेथिति एव न्यूनिकरणका लागि आफु पूर्ण प्रतिबद्ध रहेको बताउँदै जिल्लामा देखिएका विद्यमान ससस्याको पहिचान गर्दै आफ्नै तहबाट समाधानका लागि पहल गर्छु, ‘प्रजिअ ढकालले ‘यसमा सबै पक्षको समेत सहयोग चाहिन्छ ।’

    प्रजिअ ढकालले सीमा समस्यादेखि विद्यमान अवस्थामा विकरालका रुपमा देखिएको लागु् औषध दुव्र्यसनी रोकथामका लागि प्रशासनबाट पुरै पहल गर्ने प्रतिबद्धता जाहेर गर्दै महिला हिन्सादेखि लागु औषध दुव्र्यसनी नियन्त्रण अहिलेको पहिलो प्राथमिकता हो। यसले हाम्रो समग्र समाजको सरचना भत्काउने काम गरेको छ, यसलाई समयमै रोक्नुपर्छ ।’

    सार्वजनिक निकाय कार्यालयबाट प्रभाव हुने सार्वजनिक सेवालाई थप प्रभावकारी बनाएर नागरिकलाई सेवा सुविधा दिनेमा प्रतिबद्ध रहेको प्रजिअ ढकालको भनाई छ ।भन्सारमा देखिएकोे समस्यादेखि समग्र जिल्लामा देख्रिएका समस्या सम्बन्धित सरोकारवाला पक्षसग समन्वय गरेर अघि बढ्ने बताउनुभयो। सार्वजनिक अतिक्रमित सरकारी जमिन खाली गर्ने कामकाज निरन्तरता दिईने बताउँदै प्रजिअ ढकालले आफुले विगतमा एलडिओ हुँदा जिल्लामा गरेको कामकाज अहिले सिडियो हुँखा राम्रो गर्ने संकल्प रहेको बताउनुभयो।कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले पत्रकारहरुलाई सहज सुचना प्रवाहका लागि वातावरण बनाउन अनुरोध गरेका छन । कञ्चनपुरमा केही बर्ष अघि एलडिओको जिम्मेबारी निर्वाह गरिसकेका सह सचिव ढकाल अहिले सिडियोको जिम्मेबारीमा आएका छन । सिडियो ढकालले जिल्लाको बृद्धि विकासका लागि सरोकारवाला सबैपक्षसंग परिचयात्मक कार्यक्रम गरिरहेका छन ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट