२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

लालझाडी स्थित दोदा नदीमा बस्ती र उर्बराभूमि जोगाउन तटबन्ध निर्माण कार्य सुरु


  • २०८१ चैत्र १९, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • ४०८ पाठक संख्या
  • माधब पौडेल,२० चैत्र कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण कार्य शुरु गरिएको छ।कटानीको उच्च जोखिममा रहेको दोदा नदीमा तटबन्ध निर्माण कार्य शुरु गरिएको हो।चुरे भएर दक्षिण बग्ने दोदा नदीले हरेक बर्षातका बेला लालझाडी गाँउपालिकामा बढि क्षति पुर्याउँदै आएको छ। आउँदो बर्षात आउन करिब ४ महिना अवागै दोदा नदीको उच्च कटानी प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गर्न लागिएको हो ।दोदा नदीले सबैभन्दा बढि लालझाडी, बेलौरी र पुनर्वासका केही वडामा विपद् जोखिम निम्तिाए पछि सरकारी निकायले समेत उच्च प्राथमिकताका साथ तटबन्ध निर्माणको योजना अघि सारेको छ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय कञ्चनपुरले चालु आर्थिक बर्ष २०८१/०८२ मा दोदा नदीमा ८ सय ५० मिटर लम्बाई र ५ मिटर जति उचाईको तटबन्ध निर्माण गर्न लागेको छ ।जनताको तटबन्ध कार्यक्रमका फिल्ड कार्यालय कञ्चनपुरका इन्जिनियर करुणाकर पन्तले लालझाडी गाँउपालिका वडा नम्बर १ को नौरङ्गा र विचवाको कटानी उच्च प्रभावित क्षेत्रमा तटबन्ध निर्माण शुरु गरिएको बताउँदै इन्जिनियर पन्तका अनुसार निर्माणको कार्यले पुनर्वास नगरपालिकाको सिमारी गाउँ डुवान र हुलाकी सडकलाई दोदा नदीको प्रकोप नियन्त्रणमा मद्दत पुग्ने बताउनुभयो।इन्जिनियर पन्तका अनुसार अमृत कन्ट्रक्शनले ८ सय ५० मिटर तटबन्ध निर्माणको जिम्मा पाएको बताउनुभयो।तटबन्ध निर्माणका लागि ५ करोड २४ लाख ९० हजार ११ रुपैयाँका लागतमा निर्माण कार्य सम्पन्नका लागि एक बर्षको समयसीमा दिईएको छ।अमृत कन्ट्रक्शनका संचालक पदमराज बोहराले समयमै गुणस्तरिय काम गर्ने प्रतिबद्धता जाहेर गरेका गर्दै हामीले कार्यालयसंग सम्झौता भए अनुरुप काम गर्ने बताउनुभयो।लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ‘लालझाडी क्षेत्रमा पर्ने दोदा नदी नियन्त्रणका लागि संघीय, प्रदेश सरकारसंग पालिका स्तरबाट लागि परेको बताउँदै हाम्रो पालिका विपद्को उच्च जोखिममा रहेको बताउनुभयो। रानाका अनुसार निरन्तर कटानी रोक्नका लागि योजना अगाडि बढाएका छौं।तटबन्ध निर्माण भएसंगै लालझाडीको उर्बराभूमि कटानीबाट जोगिने र जसबाट किसान प्रत्यक्ष लाभान्वित हुने समेत बताउनुभयो । यस अघि जनताको तटबन्ध कार्यक्रम अन्तर्गत लालझाडी गाउँपालिकाको वडा नम्वर १ र २ को केही क्षेत्रमा निर्माण कार्य सम्पन्न भएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट