माधब पौडेल,१७ चैत्र।कञ्चनपुरको बेलाैरी नगरपालिका वडा नम्बर २ टेडुवा गाउँमा पाटेबाघ देखिएको भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खटिएको उद्धार टिमले कटैनी नाला नजिकैबाट आईतबार नियन्त्रणमा लिएको हो।
बाघले चैत्र १५ गते साँझ स्थानीय हरि प्रसाद चाैधरीकाे गाेठबाट बाच्छाेलाई आक्रमण गरी नजिकैको बिमला चौधरीको गहुँबारीमा सुतिरहेको अवस्थामा देखिएको बाघ आईतबार बिहानैदेखि सो स्थानमा नदेखिएपछि फोटो व्यवसायी विरु शाही र मोहन सिंह विष्टको ड्रोनको सहायताले खोजी गर्दा कटैनि नालामा देखिएपछि उद्धार टोली र वन कार्यालयको टोलीले पहरा दिई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मगाइएको हात्तीको सहितको उद्धार टिमले डाट गरी करिब दिउँसो २बजेर ३०मिनेटमा नियन्त्रणमा लिएको कुण्डा सब डिभिजन बन कार्यालयका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो। नियन्त्रणमा लिएको बाघलाई डिभिजन कार्यालय कञ्चनपुर पठाइने बताउनुभयो।बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईमा २ वर्ष अगाडि एउटा नरभक्षी बाघले पचुईकी एक महिलाको ज्यान लिएपछि उद्धारकर्मीले सो बाघ नियन्त्रणमा लिएर काठमाडौ पठाएको थियो।सो स्थानमा वन कार्यालयको टोली,नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय जनप्रतिनिधि खटिएका थिए।
प्रतिक्रिया दिनुहोस