२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

महाकाली बहुमुखी क्याम्पसमा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम


  • २०८१ चैत्र १४, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • ९८७ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ चैत्र । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरस्थित महाकाली बहुमुखी क्याम्पसमा लागुऔषध दुरुपयोग न्यूनीकरण तथा नेपाल प्रहरीले प्रदान गर्ने सेवा सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । इलाका प्रहरी कार्यालय बेलौरीको पहलमा आयोजित उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत करिब १०५ जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख वक्ताको रूपमा प्रहरी निरीक्षक भाष्कर चन्दले लागुऔषधको दुरुपयोगले युवामा पर्ने नकारात्मक प्रभाव, यसको सामाजिक एवं कानूनी असरका साथै रोकथामका उपायबारे जानकारी गराउनुभयो।त्यस्तै, नेपाल प्रहरीले प्रदान गर्ने विभिन्न सेवाहरु, सुरक्षा सम्बन्धी जानकारी तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रमबारे समेत सचेतना फैलाइएको थियो । प्रहरी निरीक्षक चन्दका अनुसार यस्ता कार्यक्रमले विद्यार्थी तथा युवाहरुलाई समाजमा सचेत नागरिकका रूपमा स्थापित गर्न मद्दत पुग्नेछ । सचेतना कार्यक्रममा विद्यार्थीहरुले लागुऔषध दुरुपयोग तथा सुरक्षा सम्बन्धी जिज्ञासा राखी प्रहरी निरीक्षक चन्दबाट समाधान प्राप्त गरेका थिए । प्रहरीका अनुसार लागुऔषध दुरुपयोग न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना आवश्यक पर्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट