२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

पशुपति शिक्षा मन्दिर विद्यालयका पूर्व विद्यार्थी पत्रकार राना सम्मानित


  • २०८१ फागुन १९, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • १४९ पाठक संख्या
  • धनगढी, कैलाली । धनगढी-७, भानुचोक स्थित पशुपति शिक्षा मन्दिर विद्यालयले आफ्नो २१ औं वार्षिकोत्सव एवं अभिभावक समारोहको अवसरमा विद्यालयका पूर्व विद्यार्थी सुरज रानालाई विशेष सम्मान गरेको छ ।मिडिया तथा पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै विद्यालय प्रशासनले उनलाई सम्मानपत्र प्रदान गरेको हो ।

    उक्त समारोह प्रमुख अतिथि सामाजिक विकास समितिका सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय धर्मराज पाठक ,विशिष्ट अतिथि धनगढी-७ का वडा अध्यक्ष मोति राना रहेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर सापकोटाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न धार्मिक , सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र समाजसेवीहरुलाई पनि उक्त समारोहमा सम्मान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट