माधब पौडेल,१५ फागुन। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको महाकाली बहुमुखी क्याम्पसको ३३औँ वार्षिकोत्सव कार्यक्रम बिहीबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ।कार्यक्रमको सभापति क्याम्पस सञ्चालन समिति उपाध्यक्ष पल्लवराज भट्ट, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी,विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व राज्यमन्त्री कुलवीर चौधरी, महाकाली बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्रेम सिंह बोहरा, पूर्व क्याम्पस प्रमुख हर्कसिंह कुँवर, अतिथिमा पूर्व सञ्चालक समिति अध्यक्ष धनेश दत्त पन्त, स्वतन्त्र विद्यार्थी युनियनका सभापति निरज भण्डारी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, बुद्धिजीवी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।स्वागत मन्तव्य क्याम्पसका सहायक क्याम्पस प्रमुख गंगाप्रसाद रिजालले राख्नुभएको थियो।
कार्यक्रममा क्याम्पस प्रमुख धर्मराज जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले पालिका भित्र रहेको एकमात्र क्याम्पसका कारण विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बाहिर जान नपरेको बताउँदै पालिकाबाट प्रत्येक वर्षेनी विपन्न, गरीब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो। समारोहमा विद्यार्थीहरूद्वारा विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। भने कार्यक्रमको सञ्चालन क्याम्पसका उपप्राध्यापकद्धय चन्द्र प्रसाद पोखरेल र दिपेन्द्रप्रसाद उपाध्यायले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस