बेलौरी,१५ फागुन। उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार कञ्चनपुरको बेलौरी बजारमा निर्माण सम्पन्न ढल निकाससहितको सडक तथा सडकबत्तीको उद्घाटन गर्नुभएको छ।बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले लामो समयदेखि अव्यवस्थित सडक,बजार सुन्दर र व्यवस्थित भएको उल्लेख गर्दै हुलाकी सडक निर्माणको काम ढिलाइ सहितको भन्सार स्थापना लगायत विकाश निर्माणका योजना माग सहितको ज्ञापन पत्र पेश गर्नुभएको थियो।सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले सडक र सडकबत्तीको निर्माणले बजार क्षेत्रको आवागमन र सौन्दर्यतामा सहजता ल्याएको भन्दै खुसी व्यक्त गर्दै विकाश निर्माणमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो।प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले कञ्चनपुर क्षेत्र नं. १ को समग्र विकासका लागि सबै जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला संघसंस्था र नागरिकहरू एकजुट भएर लाग्नुको विकल्प नरहेको उल्लेख गर्दै निर्वाचन क्षेत्रको विकाशका लागि आवश्यक पहल गर्ने समेत बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले देशभरि सहरी विकासका परियोजनाहरूलाई तीव्रता दिइएको दाबी गर्दै कञ्चनपुरको पूर्वाधार विकासलाई समेत सरकारले विशेष ध्यान दिने प्रतिबद्धता जनाउनुभयो ।जनप्रतिनिधिहरू र नागरिकस्तर,र बेलौरी उद्योग बाणिज्य संघले विकास निर्माणका योजनाहरूका लागि समेत उपप्रधानमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएका थिए।
सहरी विकास मन्त्रालय अन्तर्गतको १ किलोमिटर सडक ड्रेन सहितको कालोपत्रे र आर सि सी सडक योजना अन्तर्गतमा लाइट जडान गरिएको हो। तौला राना चोक देखि खानेपानी ट्यांकी चोकसम्म कालोपत्रे सडक र संविधान चोकदेखि भीमदत्त चोकसम्म आरसीसी सडक र कलकत्ता हाट बजारको निर्माण कार्य सम्पन्न गरिएको छ।यसै वर्षको असारको पहिलो हप्तामा सहरी विकास मन्त्रालय कालोपत्रे सडकमा ड्रेन सहित लाइट जडान गरी बाटो निर्माणका लागि धनगढी स्थित रोयल कन्स्ट्रक्सनसँग सम्झौता भई २२ महिना भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएता पनि सम्झौता अनुरुप निर्माण कम्पनीले ८ महिना भित्रै निर्माण सम्पन्न गरेको छ। दुबै तर्फ गरी ६६ वटा सडक लाइट र चोकहरुमा ४ वटा हाइ माक्स लाइट जोडिएको छ। निर्माण समय अवागै सम्पन्न गरेको रोयल कन्स्ट्रक्सनका संचालन प्रकाश सेटीलाई कार्यक्रममा सम्मानित गरिएको थियो।
प्रतिक्रिया दिनुहोस