२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

बेलौरीमा निड्स नेपाल र बेलौरी नगरपालिकाको साझेदारीमा सुरक्षित आवास हस्तान्तरण


  • २०८१ फागुन १५, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • २६८ पाठक संख्या
  • माधब पौडेल,१५ फागुन।कञ्चनपुरको बेलौरी नगरपालिका, हयाबिट्याट नेपाल र निड्स नेपालको त्रिपक्षिय सम्झौतामा सिद्धनाथ नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समिति वार्ड नं. ९ र भगवानपुर नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समिति वार्ड नं.१० मार्फत सन्चालित सुरक्षित आवास कार्यकम अर्न्तगत बेलौरी नगरपालिका वार्ड नं ९ मा विपन्न १० घरपरिवार र वार्ड नं. १० मा ५ घरपरिवार गरी जम्मा १५ घरपरिवारको लागी सुरक्षित आवास निर्माण सम्पन्न पश्चात घरधनीलाइ नै आवास हस्तान्तरण गरिएको छ ।हस्तान्तरण कार्यक्रमको सभापति बेलौरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष किशन सिंह राना,प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरी, विशिष्ट अतिथि बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी,अतिथिहरुमा निड्स नेपालका अध्यक्ष दुर्गा खरेल ज्यु साझेदार संस्था हयाबिट्याट नेपालका प्रतिनिधि राममणी चौधरी, निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी सहित वार्ड सदस्य, कार्यपालिका सदस्य र सम्पुर्ण लाभग्राहीहरुको उपस्थितीमा सुरक्षित आवास हस्तान्तरण गरिएको हो ।कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले पालिका भित्र रहेका गरीब अति विपन्न परिवारका लागि प्रत्येक वडामा छनौट गरी कार्यक्रम लाई निरन्तरता दिइने बताउँदै यही आर्थिक वर्षमा बेलौरी नगरपालिका वडा नम्बर ५,६,७ र ८ गरी २५ वटा सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरिने समेत बताउनुभयो। कार्यक्रममा निड्स नेपालको तर्फबाट कार्यकारी निर्देशक रेग्मीले विकाश निर्माणको काममा अन्य पालिकाले भन्दा बेलौरी नगरपालिकाले सक्दो सहयोग गर्दै आइरहेको बताउनुभयो।हयाबिट्याट फर हयुम्यानिटि नेपाल र निड्स नेपालको त्रिपक्षिय सम्झौता भइ सिद्धनाथ नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समिति वार्ड नं.९ र भगवानपुर नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समिति वार्ड नं.१० मार्फत सन्चालित नगरप्रमुख सुरक्षित आवास कार्यक्रम मार्फत बेलौरी नगरपालिका वार्ड नं ९ मा विपन्न १० घरधुरी र वार्ड नं. १० मा ५ घरधुरी गरी जम्मा १५ घर निर्माण कार्य १० महिनाको अवधिमा सम्पन्न भएको छ । घरहरु निर्माणका लागी बेलौरी नगरपालिकाको तर्फबाट पैतालिस लाख, हयाविटयाट नेपाल निड्स नेपालको तर्फबाट तिस लाख र समुदायको तर्फबाट वाइस लाख पचास हजार बराबरको जनश्रमदान गरी जम्मा सन्तानब्बे लाख पचास हजारमा निर्माण कार्य सम्पन्न भएको हो। घर निर्माण कार्य संगै सो समुदायमा बितिय साक्षरता तालिम, खानेपानी स्वच्छता तथा सरसफाइ सम्बन्धी तालिम, सामुदायिक बिपद् व्यवस्थापन समिति गठन पश्चात विपद् जोखिम न्यूनिकरण सम्बन्धि तालिम संगै विपद् न्युनिकरण लाइ टेवा पुर्याउनको लागी फलफुल, डाले घास र वाँसका विरुवाहरु प्रत्येक घरधुरीलाइ वितरण गरिएको थियो। सुरक्षित आवास निर्माणला लागि लागी लिडरसिप सुरक्षित आवास परियोजनाको कार्यकम संयोजक सरस्वती पुरीले गर्नुभएको थियो ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट