२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

पुनर्वासमा फोहरबाट “मोहर” कार्यक्रम सञ्चालनका लागि जग्गाको खोजी 


  • २०८१ फागुन १५, बिहिबार मा प्रकाशित ३ महिना अघि
  • २७१ पाठक संख्या
  • पुनर्वास,१५ फागुन।कञ्चनपुरको पुनर्वास नगरपालिकाले घर तथा बजार क्षेत्रमा दुर्गन्ध फैलाइ रहेको फोहर बाट मोहर अर्थात आर्थिक लाभ लिन जग्गा खरिदको प्रक्रिया अघि बढाएको छ।

    प्रसोधन केन्द्र स्थापना गरि नगर क्षेत्रबाट दैनिक जम्मा हुने फोहरजन्य वस्तुलाई वर्गीकरण गरि संकलन गरि आर्थिक लाभ लिन पुनर्वास नगरपालिकाले जग्गा खरिदको प्रक्रिया सुरु गरेको हो ।दैनिक जम्मा भएको फोहरका कारण बजार र आसपासका क्षेत्रमा भएको दुर्गन्ध हटाउन व्यवस्थापनको भर पर्दो उपायको रुपमा प्रशोधन केन्द्र सञ्चालनका लागि आबश्यक जग्गा खरिदका लागि सूचना प्रकाशन गरिएको नगर प्रमुख तोय प्रसाद शर्माले बताउनु भयो।फोहरबाट मोहर कार्यक्रमनै बनाएर पुनर्वास नगरपालिका अघि बढी रहेको नगर प्रमुख शर्माले बताउनुभयो ।

    नगर भित्रका बजारहरुबाट संकलन गरिएको फोहरलाई वर्गीकरण गरि कुहिने फोहरबाट जैविक मल र नकुहिने फोहरलाई पुनः प्रयोगका सामाग्री निर्माणका लागि बिक्रि गरेर जताततै फालिएको उक्त फोहरबाट “मोहर” आर्जन गर्न नगरलाई आबश्यक जग्गा खरिदको प्रक्रिया सुरु गरेको फोहर ब्यबस्थापन फोकल पर्सन ओमनाथ ढकालले बताउनु भयो।सफा र सुन्दर नगर बनाउन सरसफाइ केन्द्र सञ्चालनका लागि पुनर्वास नगरपालिकाले ल्याएको यो कार्यक्रम प्रभावकारी हुने छ ।कार्यक्रम सञ्चालनका लागि १५ कट्ठा देखि १ बिगाहा १० कट्ठा सशुल्क जग्गा उपलब्ध गराउन नगरपालिकाले सूचना प्रकाशन गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट