२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

बेलौरीमा सुचीकृत मेलमिलापकर्ताका लागि तीन दिने पुनर्ताजगी तालिम सुरु


  • २०८१ फागुन ९, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • १८२ पाठक संख्या
  • नवराज अवस्थी / हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ फागुन । मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी बनाउँदै समुदायमा विवाद समाधानलाई सहज बनाउने उद्देश्यले बेलौरी नगरपालिका, न्यायिक समितिको आयोजनामा तीन दिवसीय पुनर्ताजगी तालिम सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको उक्त तालिम यही फागुन ११ गतेसम्म बेलौरी नगरपालिकाको सभा हलमा सञ्चालन हुने बताइएको छ । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक जोगाराम चौधरीले मेलमिलाप प्रक्रियाले कानुनी प्रणालीलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । “समाजमा साना-तिना विवादहरू अदालतसम्म लैजानु भन्दा मेलमिलाप प्रक्रियाबाट सहमतिमै समाधान खोज्नु समय, श्रम र आर्थिक रूपमा लाभदायक हुन्छ । यस तालिमले मेलमिलापकर्ताहरूलाई थप दक्ष बनाउने छ,” उहाँले भन्नुभयो ।तालिममा मेलमिलाप प्रक्रियाका सिद्धान्त, कानुनी आधार, व्यवहारिक पक्ष तथा विवाद समाधानका विविध रणनीतिहरूबारे प्रशिक्षण प्रदान गरिने न्यायिक समितिका सदस्य शिवराज रानाले जानकारी दिनुभएको छ । बेलौरी नगरपालिका न्यायिक समितिले समाजमा न्यायिक पहुँचलाई सुलभ बनाउन मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो तालिमको आयोजना गरेको न्यायिक समितिका सदस्य आरती चौधरीको भनाइ छ । अधिवक्ता झंकर कुँवर र तेजराज उपाध्यायले प्रशिक्षकका रूपमा सहभागीहरुलाई प्रशिक्षण दिइरहनु भएको छ । उहाँहरूले व्यवहारिक अनुभव तथा कानुनी संरचनाका आधारमा मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउने विधिहरूबारे मार्गदर्शन गर्ने बताइएको छ । कार्यक्रममा नगरपालिकाका पदाधिकारी, कानुनी विज्ञ, स्थानीय मेलमिलापकर्ताहरू तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट