२०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

उद्घाटन सभा समारोह लगायतका कार्यक्रम भन्दा पनि विकाश निर्माणलाई जोड दिनुपर्छ : वडाध्यक्ष ढकाल


  • २०८१ फागुन १, बिहिबार मा प्रकाशित १ साल अघि
  • ८०३ पाठक संख्या
  • बेलौरी,०१ फागुन।कन्चनपुरको बेलौरी बजारमा जडान गरिएको स्मार्ट सडकबत्ती माघ २६ गते बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले स्विच अन गरेर उज्यालो गरेपछि केही विवादित भएको विषयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष ढकालले बजारवासीले बजार क्षेत्रमा बत्ती जडानको काम दुई महिना अगाडि सम्पन्न भईसक्दा बजार क्षेत्र बत्ती नबलेको गुनासो आएपछि निर्माण कम्पनीका प्रतिनिधिसंग समन्वय गरेर बत्ती सुचारु गरिएको दाबी गर्नुभयो। पहिलो दिन बत्ती सञ्चालन बजार क्षेत्रमा बत्ती सुचारु गर्दा सहजै रुपमा बाले पनि दोस्रो दिनमा आफै बजार क्षेत्रका संचालन गर्ने पोइन्टना बत्ती सुचारु गर्न गएको बताउँदै हिँडेको बताउँदै आफूले कुनैपनि युवा परिचालन नगरेको बताउनुभयो। विकाश निर्माणमा आफूले सबै पक्ष संग समन्वय गर्दै अगाडि बढ्ने समेत बताउनुभयो। पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष ढकालले आफूलाई लागेको आरोप निराधार भएको बताउनुभयो।मैले बजार क्षेत्रमा बत्ती क्रममा कसैलाई पनि नबोलाएको समेत बताउनुभयो। निर्माण कार्य सम्पन्न भइ हस्तान्तरण नभएको अवस्थामा किन बत्ती सुचारु गरियो भन्ने प्रश्नमा वडाध्यक्ष ढकालले उद्घाटन सभा समारोह लगायत कार्यक्रमलाई भन्दा पनि विकाश निर्माणलाई जोड दिनुपर्ने बताउँदै जनतालाई प्रभाव पर्ने कुरामा चासो दिनुपर्ने बताउनुभयो।

    सहरी विकास मन्त्रालय अन्तर्गतको १ किलोमिटर सडक ड्रेन सहितको कालोपत्रे र आर सि सी सडक योजना अन्तर्गतमा लाइट जडान गरिएको हो। तौला राना चोक देखि खानेपानी ट्यांकी चोकसम्म कालोपत्रे सडक र संविधान चोकदेखि भीमदत्त चोकसम्म आरसीसी सडक निर्माण सम्पन्न गरिएको छ।यस वर्ष असारको पहिलो हप्तामा सहरी विकास मन्त्रालयबाट करिब ७ करोड लागतमा कालोपत्रे सडकमा ड्रेन सहित लाइट जडान गरी बाटो निर्माणका लागि धनगढी स्थित रोयल कन्स्ट्रक्सनसँग सम्झौता भई २२ महिना भित्र निर्माण सक्नु पर्ने सम्झौता भए पनि निर्माण कम्पनीले ८ महिना भित्रै निर्माण सम्पन्न गरेको छ। दुबै तर्फ गरी ६६ वटा सडक लाइट र चोकहरुमा ५ वटा हाइ माक्स लाइट जोडिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%१%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट