धन बहादुर विक,१फागुन। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ मा रहेको श्री बागीश्वरी माध्यामिक५३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
कार्यक्रमको सभापति बिद्यालय व्यवस्थापन समिति अध्यक्ष राना श्रवण,प्रमुख अतिथि पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्मा, विशिष्ट अतिथि पुनर्वास नगरपालिका निवर्तमान नगर प्रमुख जिवनराज थापा रहनुभएको थियो भने अतिथि हरूमा कार्यपालिका सदस्य विभिन्न वडाका वडाध्यक्ष,वडा सदस्य,विभिन्न बिद्यालयका प्र अ,शिक्षकशिक्षिका लगायत रहेका थिए ।
कार्यक्रममा बिद्यालयका प्रधानअध्यापक डिल्ली प्रसाद शर्माले बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।बिद्यालय को आवश्यक भौतिक पुर्वाधारको अवस्था,शैक्षिक सुधारका लागि भएका प्रयासहरू,बिद्यालय को ईतिहास निर्माण,सम्पन्न भएका भौतिक निर्माणकार्य,शैक्षिक उपलब्धि तथा चुनौतीहरू,भावी योजना तथा सम्भावनाका बिषयमा प्र अ को प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
२०२२ सालमा साविक पराशन गाउँ पञ्चायत भवन रहेको स्थानमा कक्षा १,२ र ३ सञ्चालनमा रहि २०२९ सालदेखि तत्कालीन समाजसेवी बुद्धिजीवी तथा शिक्षा प्रेमिको संयुक्त प्रयासमा कक्षा ४,५,६ र कक्षा ७ सम्म श्री बागीश्वरी निमावि सञ्चालनमा ल्याउन सकिएको प्र अ को प्रतिवेदनमा उल्लेख गरिएको थियो।साविक पराशन गाउँ पञ्चायत रहँदा श्री गणेश प्रावि बाट श्री बागीश्वरी निमावि रहेको स्थापनाकालमा बिद्यालय को संस्थापक अध्यक्ष पिताम्बर ढकाल,संस्थापक प्र अ स्वर्गीय शालिग्राम शर्मा रहनुभएको ईतिहास प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास स्थापनाकाल संगै स्थापना भएको बागीस्वरी माविले धेरै चुनौतीको सामना गर्दै ५३ औं बर्ष प्रवेश गर्दैगर्दा शैक्षिक उन्नति र प्रगति तर्फ उन्मुख हुन सफल भएकोमा बिद्यालय परिवारलाई धन्यवाद तथा कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले पछिल्लो समय साविक पराशनमा शैक्षिक संस्थाहरू प्रशस्त सञ्चालनमा सञ्चालनमा आएपनि बागीश्वरी मावि यस क्षेत्रकै अग्रणी सामुदायिक बिद्यालय रहेकोले यसलाई सबै अभिभावकले माया गर्नुपर्ने कुरामा जोड दिनुभयो।बिद्यालयमा स्थापना गरिएको अक्षयकोष बाट यस बर्ष विभिन्न बिदामा उत्कृष्ट हुने १८ जना छात्र छात्रा लाई नगद पुरस्कार तथा सम्मान गरिएको थियो ।सो अवसरमा बिध्यार्थिहरूले विविध कला संस्कृति हरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आर्थिक प्रतिवेदन आन्तरिक लेखा परिक्षण प्रतिनिधि राजु थापाले आर्थिक बर्ष ०८० /८१ पुसमसान्तसम्म को कुल कुल ९६ लाख ९ हजार ५२ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेका थियो भने कार्यक्रमको सञ्चालन शिक्षक नेत्र प्रसाद उपाध्यय ले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस