माधव पौडेल,१ फागुन। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ को कार्यालयले निरन्तर सामाजिक सेवामा काम गरिरहेका बेलौरी नगरपालिका २ बन्दतालका अटो व्यवसायी कृष्ण बहादुर खत्रीलाई बिहिबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ। अटो व्यवसायी खत्रीले करिब ५ वर्षदेखि जेष्ठ नागरिक, दृष्टिविहिन, अशक्त अपाङ्ग र एकल महिलाहरुलाई आधा भाडामा ल्याउने लैजाने,सुत्केरी महिलाको हकमा गोकुलपुर स्वास्थ्य चौकी र बेलौरी प्राथामिक स्वास्थ्य केन्द्र सम्म निशुल्क सेवा दिंदै वडाका जनतालाइ पुर्याउँदै गरेको सेवाकाे उच्च कदर गर्दै आइरहनुभएका खत्रीलाई वडा कार्यालयले सम्मानद्वारा गरेको बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलवीर चौधरीले जानकारी दिनुभयो। अटो व्यवसायी खत्रीले विभिन्न सामाजिक सेवामा सहयोग गर्दै आइरहनु भएको छ।
प्रतिक्रिया दिनुहोस