२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

बेलौरीमा स्मार्ट सडकबत्ति जडानपछी उज्यालो बन्यो 


  • २०८१ माघ २७, आईतबार मा प्रकाशित १ महिना अघि
  • ३७१ पाठक संख्या
  • बेलौरी,२६ माघ।कञ्चनपुरको बेलौरी बजारमा स्मार्ट सडक बत्ति  र हाइ मास्ट लाइट जडान गरिएको छ । संविधान चोक र तौला राना चोकदेखि खानेपानी चोकसम्म दुबै लाइट जडान गरिएको  हो । आज बेलारी नगरपालिका नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले उक्त लाइटको स्विच अन गरेर बजारलाई उज्यालो बनाएका छन्।सहरी विकास मन्त्रालय अन्तर्गतको १ किलोमिटर सडक ड्रेन सहितको कालोपत्रे र आर सि सी सडक योजना अन्तर्गतमा लाइट जडान गरिएको हो। तौला राना चोक देखि खानेपानी ट्यांकी नजिक सम्म कालोपत्रे सडक र संविधान चोकदेखि भीमदत्त चोकसम्म आरसिसी सडक निर्माण सम्पन्न गरिएको छ।यस वर्ष असारको पहिलो हप्तामा सहरी विकास मन्त्रालयबाट करिब ७ करोड लागतमा कालोपत्रे सडकमा ड्रेन सहित लाइट जडान गरी बाटो निर्माणका लागि धनगढी स्थित रोयल कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो।

    २२ महिना भित्र निर्माण सक्नु पर्ने सम्झौता भए पनि निर्माण कम्पनीले ८ महिना भित्रै निर्माण सम्पन्न गरेको छ। दुबै तर्फ गरी ६६ वटा सडक लाइट र चोकहरुमा ५ वटा हाइ माक्स लाइट जोडिएको छ।सडक लाइट जडान भएपछि बेलौरी बजार झिलिमिली देखिएको छ। बेलौरी बजारले हिजो मात्र स्थापनाको ५२ औं वर्षमा प्रवेश गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट