नवराज अवस्थी,२६ माघ।नेपालको लोकतान्त्रिक विद्यार्थी आन्दोलनको अगुवा संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मुलुकका विश्वविद्यालय र क्याम्पसहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएको छ। २०१६ सालमा नेपाली कांग्रेसको भातृ संगठनका रूपमा स्थापित यो विद्यार्थी संगठनले विभिन्न कालखण्डमा विद्यार्थी हकहित, शैक्षिक सुधार र प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको छ। पञ्चायती व्यवस्थाका विरुद्धदेखि बहुदलीय लोकतन्त्र पुनःस्थापना र समसामयिक शिक्षाक्षेत्र सुधारका मुद्दाहरूमा नेविसंघ निरन्तर क्रियाशील रहँदै आएको छ।
यही परम्परालाई कायम राख्दै नेपाल विद्यार्थी संघ महाकाली बहुमुखी क्याम्पस, बेलौरीमा नयाँ इकाई समिति गठन गरिएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा अरुण कार्की चयन भएका छन् भने चन्द्र बिष्ट र निरज चौधरी उपाध्यक्ष चयन भएका छन्। समितिको सचिवमा निर्मल चन्द, सह-सचिवमा कविता ओझा, कोषाध्यक्षमा ज्योति भट्ट, तथा सह-कोषाध्यक्षमा सोनु सुनार र पार्वती कुँवर चयन भएका छन्।त्यसैगरी, सदस्यहरूमा अञ्जली भण्डारी, अमिता चन्द, भावना रावल, भूमिका महरा, पूजा ठगुन्ना, गंगा दत्त जोशी, अञ्जु कुमारी कठायत, करन ठगुन्ना, रेखा टोक्टरे, मनोज भाट, विवेक बोहरा, कलावती थापा, शुभम चौधरी, बिमल राना, सुरिता चौधरी, निरुता चौधरी, सुनिता चौधरी, केशव भट्ट, पूजा धामी, प्रिन्स रावल चयन भएका छन्।
नव-निर्वाचित अध्यक्ष अरुण कार्कीले सबैलाई धन्यवाद दिँदै विद्यार्थी अधिकारको संरक्षण, क्याम्पस सुधार तथा शैक्षिक गुणस्तर वृद्धिमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विशेष रूपमा छात्रवृत्ति वितरण, शैक्षिक सुविधा विस्तार, विद्यार्थीहरूका समस्या समाधान तथा नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्ने बताएका छन्।नेपाल विद्यार्थी संघले विगतमा जस्तै शिक्षामा पहुँच वृद्धि, विद्यार्थीहरूका हकहित रक्षा र लोकतान्त्रिक मूल्य–मान्यता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नवगठित समितिले संस्थागत सुदृढीकरण गर्दै विद्यार्थीको आवाज बुलन्द पार्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस