२०८३ जेष्ठ ५, मंगलबार | Tue, 19, May, 2026

बेलौरीमा सहायक कम्प्युटर अपरेटर छनौट प्रक्रियाको व्यापक विरोध


  • २०८१ माघ २०, आईतबार मा प्रकाशित १ साल अघि
  • १२४४ पाठक संख्या
  • बेलौरी,१९ माघ।बेलौरी नगरपालिकाले करार सेवाका लागि सहायक कम्प्युटर अपरेटर पदको अन्तिम नतिजा प्रकाशन गरेपछि स्थानीयले चर्को विरोध जनाएका छन् । सार्वजनिक नतिजामा अनियमितता भएको दाबी गर्दै नगरपालिकाले आफ्नै कर्मचारी तथा नेताका आश्रितहरूलाई मात्र पास गराएको आरोप लागेको छ ।

    लिखित परीक्षामा सहभागी एक परीक्षार्थीले आक्रोश पोख्दै भने, “यदि नेताका आफ्नै मान्छे र पुरानै कर्मचारीलाई नियुक्त गर्नुपर्ने थियो भने सूचना नै किन निकालियो ? राति ११ बजे नतिजा प्रकाशन गर्नुको कारण के हो ?“ परीक्षार्थीहरूले परीक्षाको निष्पक्षता माथि गम्भीर प्रश्न उठाएका छन्।बेलौरी नगरपालिकाले मंसिर महिनाको पहिलो हप्ता करार सेवाका लागि सब–इन्जिनियर पद र सहायक कम्प्युटर अपरेटर पदको अन्तिम नामावली सार्वजनिक गरेको थियो । तर, त्यसपछि छनोट प्रक्रिया लामो समयसम्म अघि बढाइएन । अन्ततः, लिखित परीक्षा, अन्तरवार्ता, र अन्तिम नतिजा अत्यन्त छिटो–छरितो रूपमा एकै दिनमा सम्पन्न गरिएको थियो ।

    एक परीक्षार्थीले फेसबुक लाइभ गर्दै भने, “हिजो १० बजे हुने भनिएको परीक्षा ११ बजे मात्र सुरु गरियो । लिखित परीक्षाबाट १० जनालाई पास गरियो, जसबाट ७ जनालाई अन्तर्वार्ताका लागि छानियो । बाँकी ३ जनालाई विकल्पसमेत नदिइएको देख्दा नै अनियमितता प्रस्ट हुन्छ।परीक्षार्थीहरूका अनुसार, नगरपालिकाको वेबसाइटमा राति १० बजे मात्र नतिजा प्रकाशित गरियो, जुन सूचना अनुसार ४ः४५ बजे नै हुनुपर्ने थियो । “म आफैंले ५ः१७ मा वेबसाइट हेर्दा कुनै सूचना थिएन,“ परीक्षार्थीले दाबी गरे पालिकाले प्रकाशित गरेको अन्तिम नतिजामा १५२ जना निवेदकमध्ये नगरपालिकामा कार्यरत कर्मचारी र नेताका निकटका व्यक्तिहरू मात्र पास भएको आरोप लागेको छ ।छनोट भएका उम्मेदवारहरू यस भन्दा पहिला बेलौरी नगरपालिकामा मै कार्यरत थिए। उपप्रमुखको सचिवालयमा कार्यरत विनोद चौधरी, बेलौरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सोम लाल चौधरीका छोरा साहेवलाल चौधरी नगरपालिका कार्यालयमै कार्यरत थिए भने कृष्ण बहादुर बुढा,अमर चौधरी,जगदीश चौधरी, जंग बहादुर चौधरी, मोहन राना वडाहरुमा कार्यरत कर्मचारी रहेको जनाइएको छ।लिखित परीक्षामा सहभागी १०३ जना परीक्षार्थीमध्ये एक जना पनि बाहिरको व्यक्ति पास नहुनुले यस प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ । परीक्षार्थीहरूले सामाजिक सञ्जालमा आक्रोश पोख्दै नगरपालिकाले नेताका आसेपासेलाई भर्ना गराउन मात्र सूचना खोलेको आरोप लगाएका छन् । स्थानीयस्तरमा चर्को बिरोध भइरहेको छ ।

    नगरपालिकाले चयन गरेका ७ जनालाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । तर, असन्तुष्ट परीक्षार्थीहरू र स्थानीयहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।यस विषयमा प्रतिक्रिया लिन बेलौरी नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृतसँग सम्पर्क गर्ने प्रयास गरिए पनि फोन उठेन । यसले झन् शंका उब्जाएको छ । के निष्पक्ष छानबिन हुनेछ ? कि फेरि नेताका आसेपासे मात्र लाभान्वित हुनेछन् ? स्थानीयहरू उत्तर खोजिरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%८%१%१०%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट