२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

पुनर्वासमा लागु औषध दुर्व्यसन तथा ट्राफिक नियम सम्वन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न


  • २०८१ माघ ९, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • ९० पाठक संख्या
  • किशोर तामाङ,९ माघ। लागु औषध दुर्व्यसन तथा ट्राफिक नियम सम्वन्धी एकदिने सचेतनामूलक कार्यक्रम पुनर्वास मा सम्पन्न भएको छ।कञ्चनपुर को दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका कै नमुना बिद्यालयको रूपमा परिचित रहेको पुनर्वास वडा नं ६ स्थित श्री पुनर्वास जनता माविमा अध्यनरत कक्षा ८,९ र १० सम्मका बिध्यार्थिहरूलाई लागु औषध नियन्त्रण तथा ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।लागुऔषध दुव्र्यसन अहिले विश्वव्यापी समस्याको रूपमा देखिएको छ । गाँजा, कोकिन, कफ सुगर, हिरोइनलगायतका दुव्र्यसनको प्रभावमा संसारभरका युवा परेका छन् । विश्वमा अहिले भइरहेका आपराधिक गतिविधिमध्ये ६० प्रतिशत अपराध लागुपदार्थका कारण र ७५ प्रतिशत दुर्घटना चालक, पदैल यात्री लगायत ले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना भइरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । खराब साथीको संगत, छोराछोरीमाथि अभिभावकको कम वा अत्यधिक निगरानीका कारण समस्या देखिएका छन् । लागुपदार्थको सहज पहुँच, यसको असरबारे जानकारीको अभावलगायतका कारण पनि युवाहरू दुव्र्यसनमा फसेका छन् भने ट्राफिक नियम सम्बन्धि जानकारी नहुँदा दुर्घटना बढेको तथ्याङ्क ले देखाएको छ।त्यसैले सचेतना का लागि कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिका वडा नम्बर ६ को आयोजना तथा ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको सहकार्य मा उक्त सचेतना मुलक कार्यक्रम पुनर्वास जनता माविको सभाहलमा आयोजना गरिएको थियो ।

    उक्त कार्यक्रममा पुनर्वास जनता माविका प्रधानाध्यापक मान बहादुर तामाङ ले पछिल्लो समय समाजमा बढ्दो लागु औषध तथा दुर्व्यसनका कारण युवाहरू कुलतमा फस्दै गईरहेकोले त्यस्ता विकृति लाई न्युनिकरण गर्ने उदेश्य का साथ कार्यक्रम आयोजना गरिएकोमा वडा कार्य समितिलाई धन्यवाद ज्ञापन गर्दै नयाँ पिडि यसतर्फ नलाग्न सुझाव दिनुभयो।कक्षा ८ देखि कक्षा १० र +२ सम्मा अध्ययन गर्ने उमेर समुह का बिध्यार्थिहरू को अत्यन्तै संवेदनशील उमेर भएको ले यस्तो उमेरमा किशोरकिशोरी हरू लहलहैमा लागेर गलत कदम उठाउन सक्छन तथा दुर्व्यसनको खतरा बढ्न सक्ने भएकोले त्यसबाट बचाउन बिद्यालय मै गई कार्यक्रम को आयोजना गरिएको अध्यक्ष मित्र सिंह लामाले बताउनुभयो ।

    गाजा,अफिम,चरेस,सुर्तीजन्य,चुरोट,गुटका,मदिरा जस्ता दुर्व्यशन को लत लागेमा आफ्नो भविष्य अन्धकार हुनु संगै पारिवारिक तथा सामाजिक वातावरणमा समेत प्रत्येक्ष नकारात्मक असर पर्ने भएकोले यस्ता नकारात्मक असर पर्ने भएकोले यस्ता विकृति हरू प्रति नलाग्न वडाध्यक्ष लामाले विद्यार्थीहरूलाई आग्रह गर्नुभएको थियो।ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरिक्षक महेश बिक्रम शाही ले लागू औषध सेवन कर्ता को लक्ष्यण,यसबाट हुने शारीरिक तथा मानसिक नकारात्मक असर तथा कुलतमा फसेका युवाहरूलाई बच्ने उपायका बिषयमा विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए।प्रशिक्षण का क्रममा मुख्य प्रशिक्षकको भुमिका निर्वाह गरिरहेका प्रहरी निरिक्षक महेश बिक्रम शाहीले लागुऔषध बारे बिस्तृत रूपमा प्रष्ट पार्दै मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ ।यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ । कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो । तसर्थ प्रथमतःलागु औषध दुर्व्यसनको रोकथाम, उपचार तथा पुनस्थापनका कार्यक्रम गर्नु राज्यको दायित्व हो।

    “कलिलो उमेरका केटाकेटीहरू, स्कुल पढ्दै गरेका विद्यार्थीहरू समेत कुनै बहानाको रूपमा वा केहीबाट पन्छिनको निम्ति नशालु पदार्थहरूको सेवन गरिरहेका छन् । यो स्थिति निकै भयानक र डरलाग्दो देखिन्छ । लागुऔषधको प्रयोगले फ्रस्टेसन, डिप्रेशन, सोच्न सक्ने शक्ति हराउने,घरको सामानहरू चोरी हुने,अनैतिक कार्यमा संलग्न हुने।शरीर दुब्लाउने, खानामा रूचि नहुने, ओभरडोज भएर अन्तमा मृत्यु समेत हुने खतराका लक्षण देखिने गरेकोले यसको रोकथाम र नियन्त्रण गर्न सबै सरोकारवाला लाग्नु प्रमुख प्रशिक्षक का रूपमा रहेका प्रहरी निरिक्षक शाही ले जानकारी गराउनुभयो।पुनर्वास नगरपालिका वडा नं ६ का अध्यक्ष मित्रसिंह लामाको सभाअध्यक्षमा भएको कार्यक्रममा प्रशिक्षक ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश बिक्रम शाही , बिद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङ ले बिध्यार्थिहरूलाई सहजीकरण गरेका थिए । वडा सदस्य बिष्णु माया कोइरालाले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सदस्य भावना स्वर्णकारले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट