२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्षमा भट्ट 


  • २०८१ माघ ८, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • १०७ पाठक संख्या
  • केशव थापा,०८ माघ।प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा अरुण प्रसाद भट्ट निर्वाचित भएका छन। मंगलबार प्रेस सेन्टर नेपाल कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत निर्वाचित भएका हुन ।

    दोस्रो पटक पत्रकार भट्टको काँधमा प्रेस सेन्टर जिल्लाको नेतृत्व आएको छ । उपाध्यक्षद्वय धर्मराज कठायत, भाष्कर केसी, सचिव हेमा भट्ट सह सचिवद्वय बीरसिह ऐर, खडक कोली, कोषाध्यक्ष डम्बर भट्ट लगायतका १७सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । प्रेस सेन्टर जिल्ला सल्लाहकारमा युवा पत्रकार डिल्लीराज पन्तको अध्यक्षतामा धुव्रराज अवस्थी, राजेन्द्र विष्ट, विकास सिह महता, डीएस धामी रहेका छन ।

    कञ्चनपुरका युवा सकृय पत्रकार पुष्कर भट्ट प्रेस सेन्टरमा समाहित भएका छन । यस अघि स्वतन्त्र पत्रकार रहेका पत्रकार भट्ट अहिले प्रेस सेन्टरमा समाहित भएका हुन । माउण्टेन टेलिभिजनका समाचारदाता समेत रहेका भट्ट अहिले सेन्टरमा आएका छन । पत्रकार भट्टले पत्रकारको हकहितका लागि सेन्टरले भूमिका निर्वाह गरेको भन्दै सेन्टरमा आएको बताएका छन ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष एव सुप प्रदेशका इन्चार्ज रामसिह ठगुन्नाले निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका छन । कार्यक्रममा राष्ट्रिय भूमि आयोग कञ्चनपुरका निर्वतमान अध्यक्ष देवेन्द्र ढुङगाना, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव राजेन्द्र प्रसाद अवस्थी, केन्द्रीय सदस्य मदनराज जोशी, प्रदेश सचिव मोहन विष्टले शुभकामना मन्तव्य राखेका थिए । प्रेस सेन्टर नेपाल कञ्चनपुरका निर्वतमान सचिव भाष्कर केसीले संचालन गरेको कार्यक्रममा सेन्टरका उपाध्यक्ष धर्मराज कठायतले शुभकामना मन्तव्य राखेको थिए । कार्यक्रममा प्रेस सेन्टर नेपाल कञ्चनपुर, सुप प्रदेश एव केन्द्रीय समितिका पदाधिकारी सदस्य एव पत्रकारको सहभागिता रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट